


पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले दिगो शान्तिका लागि इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद समाधान गर्न हरेक तहमा निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभएको छ । गृहमन्त्री मोहसिन नक्भीले बिहीवार यसबारे जानकारी दिनुभएको हो ।

इरानमाथि अमेरिका र इजरायले संयुक्त रुपमा आक्रमण गरेका थिए । पाकिस्तानको कसमन्वयमा केही समयका लागि युद्धविराम भएको छ ।


तर स्थायी युद्धविराम गराउन पाकिस्तानले कुटनीतिक पहल गरिरहेको उहाँले बताउनु भयो । इस्लामाबादस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत नताली ए. बेकरसँगको भेटमा नक्भीले दुवै पक्षले कूटनीति र शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।



