काठमाडौंको खोला किनारबाट अव्यवस्थित बसोवास हटाउने महानगरको प्रयास सफलः सडकमा आएनन् बस्तीवासी

 

काठमाडौं महानगरपालिकाले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती हटाउने कार्यमा अन्ततः सफलता हात पारेको छ ।

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीकाअनुसार लामो तयारी र समन्वयपछि बिहीबार बिहान सञ्चालन गरिएको अभियान शान्तिपूर्ण रूपमा अघि बढेको हो । महानगरले बस्ती खाली गराउन ३ दिन (९, १० र ११ गते) माइकिङमार्फत पूर्वसूचना जारी गरेको थियो ।

May be an image of text

११ गते बेलुकी ७ बजेभित्र आफैँ खाली गर्न आग्रह गरिएकोमा सोहीअनुसार १२ गते बिहान साढे ६ बजेदेखि महानगरले बस्ती हटाउने कार्य शुरु गरेको हो । यसअघि महानगरको सोही प्रयासका क्रममा ठूलो झडप, विरोध र अराजकता निम्तिएको थियो । तर यस पटक परिस्थिति भिन्न रह्यो । प्रहरी प्रमुख जोशीकाअनुसार यस पटकको सफलताको मुख्य कारण केन्द्र सरकार र स्थानीय सरकारबीचको बलियो समन्वय हो ।

उहाँले भन्नुभयो, ‘समय परिवर्तनशील हुन्छ, परिस्थिति सधैँ एउटै रहँदैन । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशन र सबै निकायको सक्रिय भुमिकाले यस पटक हामीले निर्वाध रूपमा काम गर्न सक्यौँ । अघिल्ला पटकहरूमा समन्वयको अभाव थियो, तर यस पटक स्थानीय, संघ र अन्य सरोकारवाला निकायबीचको सहकार्यले काम सहज भयो ।’

May be an image of one or more people

images

महानगरले घरबारविहीन भएका व्यक्तिहरूका लागि कीर्तिपुरको सुन्दरीघाटस्थित ‘राधा स्वामी सत्संग’ को संरचनामा करिब ३ हजार जनासम्म राख्न सकिने गरी होल्डिङ सेन्टरको व्यवस्था गरेको थियो । केहीलाई अस्पताल पु¥याउनुका साथै सेल्टरमा जान आग्रह गर्दा पनि अधिकांशले मान्न चाहेनन् ।

images

महानगर प्रहरी प्रमुख जोशीले भन्नुभयो, ‘उहाँहरूको आफ्नो गन्तव्य छ । केहीले आफूलाई घरबारविहीन भन्नुभएको थियो, तर त्यहीँबाटै आफ्नो बासस्थानमा जान लाग्नुभयो । वास्तवमा यहाँ बस्ने धेरैजसो मानिस साँच्चिकै घरबारविहीन होइनन् ।’

महानगरले यस क्षेत्रलाई हराभरा बनाउने र नदी किनारलाई व्यवस्थित पार्क÷मनोरञ्जन स्थलका रूपमा विकास गर्ने परियोजनाअघि बढाएको छ । लामो समयदेखि युएन पार्क निर्माणको प्रयास गरिए पनि अव्यवस्थित बसोबासका कारण काम थालनी गर्न सकिएको थिएन ।

images

No photo description available.

ललितपुरतर्फ बनेको नमूना पार्कजस्तै अब काठमाडौँतर्फ पनि सोही मोडेलमा विकासका कार्यहरू केही दिनभित्रै सुरु हुने महानगरको भनाइ छ । सुकुम्बासीको नाममा लामो समयदेखि जग्गा कब्जा गर्ने क्रमलाई ‘हुकुम्बासी रजगज’ को संज्ञा दिँदै महानगर प्रहरी प्रमुख जोशीले बस्तीवासीले अबका दिनमा अवैध बसोबास सम्भव नभएको बुझिसकेकाले यस पटक थप विरोध नभएको दाबी गर्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages

Nepal life insurance