उत्कृष्ट व्यवस्थापनसहित भूमिकास्थानको ढाकावाङ्गमा मल वितरण: अनुगमन टोली सन्तुष्ट ( तस्बिर सहित )

 

-टेक राज भुसाल

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका अन्तर्गत ढाकावाङ्गमा रहेको जनचेतना महिला कृषि सहकारी संस्थाले सञ्चालन गरेको मल बिक्रि केन्द्रकाे स्थानीय मल व्यवस्थापन तथा वितरण समितिले अनुगमन गरेको छ।

उक्त अनुगमनले सहकारीको कार्यप्रणालीप्रति सकारात्मक सन्देश दिएको छ।

No photo description available.images

 

भूमिकास्थान नगरपालिका उपप्रमुख तथा स्थानीय मल व्यवस्थापन तथा वितरण समिति संयोजक बालाकृष्ण बन्जाडे र कृषि विकास शाखा प्रमुख कृषि प्राविधिक युवराज आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सहकारीको बिल भरपाई, अभिलेख व्यवस्थापन र मल वितरण प्रणालीको सूक्ष्म रूपमा जाँच गरिएको थियो।

May be an image of one or more people and text

अनुगमन टोलीले सहकारीले पालिकाभित्र सबैभन्दा बढी मल खरिद–बिक्री गर्ने मात्र नभई आवश्यक प्रक्रिया समयमै पूरा गर्दै आएको पाइएको उल्लेख गर्दै प्रशंसा व्यक्त गरेको छ। मल वितरण भरपाई पारदर्शी तथा व्यवस्थित रहेको भन्दै सहकारी तथा सम्बन्धित मल बिक्रेतालाई धन्यवाद दिइएको छ।

May be an image of one or more people and textimages

यसैबीच, मल बिक्रेता टेकराज भुसालले हालको अवस्था बारे जानकारी दिँदै अब लगत्तै सुरु हुने धान तथा मकै खेतीका लागि किसानहरूले मल लैजाने क्रम तीव्र रहेको बताउनुभयो। उहाँका अनुसार गोदाममा केही मात्रामा मौज्दात रहेको र हालसम्म करिब ७० प्रतिशत मल वितरण भइसकेको छ, जसले आगामी खेतीपातीका लागि कुनै अभाव नहुने विश्वास दिलाउनुभएको छ।

No photo description available.

समग्रमा, भूमिकास्थानमा मल व्यवस्थापन र वितरण प्रणाली प्रभावकारी, पारदर्शी र किसानमैत्री देखिएको छ, जसले स्थानीय कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

No photo description available.

No photo description available.

May be an image of one or more people and text

May be an image of one or more people and text

 

Nepal life insuranceimagesimagesimages