शनिबार सुपादेउरालीमा भक्तजनको भारी भीड, १ लाख ८२ हजार भेटी संकलन

शनिबार सुपादेउरालीमा भक्तजनको भारी भीड, १ लाख ८२ हजार भेटी संकलन

 

शनिबार सुपादेउरालीमा भक्तजनको भारी भीड, १ लाख ८२ हजार भेटी संकलन

-अर्घाखाँची डट्कम सम्बाददाता।

अर्घाखाँची- अर्घाखाँचीको प्रसिद्ध तथा धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा शनिबार हजारौँ भक्तजनको उल्लेखनीय भीड लागेको छ।

May be an image of one or more people and crowd

मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त दिन करिब १ लाख ८२ हजार रुपैयाँ बराबरको भेटी संकलन भएको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालु भक्तजनहरू दर्शनका लागि आएका थिए।

May be an image of one or more people, temple and crowd

भक्तजनहरूका अनुसार मनोकामना पूरा भएपछि यहाँ पूजा–आराधना गर्न आउने चलन रहेको छ। विशेषगरी नवविवाहित जोडीहरू विवाहलगत्तै सफल दाम्पत्य जीवनको कामना गर्दै दर्शन गर्न आउने परम्परा रहेको स्थानीयले बताएका छन्। शनिबारका दिन यस मन्दिरमा विशेष रूपमा भिड लाग्ने गर्दछ।

May be an image of one or more people, temple and crowd

मन्दिरमा आफ्नो इच्छा पूरा होस् भन्ने कामनासहित नरिवल, परेवा तथा विभिन्न जिन्सी सामग्री चढाउने चलन पनि रहेको छ। वि.सं. २०४२ सालमा मन्दिर निर्माण भएको भए पनि परापूर्वकालदेखि नै यो स्थान शक्तिपीठका रूपमा परिचित रहेको मानिन्छ।

May be an image of temple and crowd

पश्चिम नेपालकै महत्वपूर्ण धार्मिक स्थलको रूपमा चिनिएको सुपादेउराली मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने विश्वास रहिआएको छ, जसका कारण यहाँ दैनिक रूपमा भक्तजनको आवागमन भइरहन्छ भने शनिबारका दिन विशेष चहलपहल देखिने गर्दछ।

May be an image of one or more people, crowd and temple

#सुपादेउराली #अर्घाखाँची #धार्मिकपर्यटन #भक्तजन #मनोकामना #नेपालपर्यटन #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages