


सरकारले सिनामंगलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने र सहरी व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले शनिवार ती संरचनाहरूमा डोजर चलाएको हो ।

लामो समयदेखि सार्वजनिक स्थल र नदी किनारका क्षेत्र ओगटेर बनाइएका त्यस्ता संरचनाहरू हटाउन महानगरपालिकाले यसअघि नै सूचना जारी गरेको थियो ।

स्थानीय प्रशासन र नगर प्रहरीको समन्वयमा भएको उक्त कारबाहीका क्रममा दर्जनौँ टहरा र अवैध रूपमा सञ्चालित व्यवसायिक संरचनाहरू भत्काइएका छन् । सरकारले पछिल्लो समय सार्वजनिक जग्गाको संरक्षण, ढल निकास र सडक विस्तारमा अवरोध पु¥याउने अनधिकृत निर्माणहरू हटाउने कार्यलाई तिब्रता दिँदै आएको छ । सिनामंगल क्षेत्रमा गरिएको यो कारबाहीले वागमती कोरिडोर र आसपासको क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।



