एसईईको नतिजा मंगलबार सार्वजनिक गरिने

 

काठमाडौं, २७ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सी सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले सम्भवतः मंगलबार भित्र नै नतिजा सार्बजनिक गर्न लागेको हो ।

यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेअनुसार कुनै प्रावधिक समस्या देखा नपरेमा मंगलबार सार्बजनिक गरिन लागिएको हो। यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।

May be an image of text

 

Nepal life insuranceimagesimagesimages