


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद् जोखिम न्युनिकरण र प्रतिकार्य प्रणालीलाई प्रभावकारी बनाउन अझै बलियो कानूनी संरचना आवश्यक रहेको बताउनुभएको छ । आईतवार पार्टीले काठमाडौंमा आयोजना गरेको विपद् जोखिम न्युनिकरण र जोखिम व्यवस्थापनसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

विपद् प्रतिकार्यका सरकारी कोषमा पर्याप्त रकम हुँदाहुँदै पनि आवश्यक समयमा खर्च गर्न सकिने अवस्था नरहेको भन्दै कानूनमार्फत अवरोध फुकाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले रास्वपाले विपद् प्रतिकार्य तथा व्यवस्थापनका लागि ‘¥यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरिरहेको समेत बताउनु भयो । उहाँले समूदाय र सुरक्षा निकायबीच सहकार्य र समन्वयमा विपद् प्रतिकार्य गर्नेगरी योजनाअनुरुप सरकार अघि बढिरेहको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीले विपद् प्रतिकार्य र व्यवस्थापनका लागि ¥यापिड एक्शन टिम बनाउने भनेका छौँ । यसका लागि हामीले स्पष्ट रुपमा निर्देशन पनि दिएका छौँ र त्यसै ढंगले काम पनि भइरहेको छ । कस्ता कानून भयो भने हामीले विपद् प्रतिकार्यका लागि प्रभावकारी काम गर्न सकिन्छ ? समूदाय र सूरक्षा निकायका सबै तहलाई एउटै पेजमा ल्याउने भन्ने बारेमा कानूनी छलफल पनि गर्नुपर्छ । पहिले हामीले एक्सन टिम बनाएर सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर त्यसलाई तत्काल मोबिलाइज गर्ने कामहरु गरेका थियौँ । सरकारको विपद्सम्बन्धी खाता यथेष्ट पैसा थियो । अहिले पनि छ भन्ने विश्वास छ । तर समस्या के छ भने भर्खरै केही गर्नुपर्यो भने त्यो पैसा निकाल्नै सकिदैन । त्यहाँ हस्ताक्षर गर्ने मान्छे हु्ँदैन । गृहमन्त्रालयको नेतृत्व गर्दा तत्कालीन अवस्थामा सबैभन्दा धेरै छलफल गरिएको विषय नै विपद् थियो । जोखिममा रहेका घरहरुको लगत संकलन गरी सोहीअनुसार प्रतिकार्यको योजना बनाउनुपर्छ ।’
उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा सरोकारवाला सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उहाँको जोड छ ।



