चीनको गिली अटो प्लान्टमा करिव १०० स्वदेशी वेल्डिङ रोबोट परिचालन

 

पूर्वी चीनको इवुस्थित गिली अटोको उत्पादन प्लान्टमा करिव १०० वटा स्वदेशी वेल्डिङ रोबोटहरू सफलतापूर्वक परिचालन गरिएको छ ।

सिएसुन कम्पनीद्वारा निर्मित ९८ वटा रोबोटहरूलाई गिली अटोको वेल्डिङ वर्कशपमा तैनाथ गरिएको हो । गिली अटोको ‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ’ विभागका निर्देशक झाउ जुनकाअनुसार यी रोबोटहरूको प्रयोगले स्वदेशी प्रविधिबाट निर्मित उपकरणहरूको स्थिरता र गुणस्तरको एकरूपतालाई प्रमाणित गरेको छ ।

सिएसुन रोबोटिक्सले गिली अटोको विशिष्ट आवश्यकता, उपयोगिता र कार्यक्षमतालाई ध्यानमा राख्दै यी रोबोटहरू तयार पारेको हो । स्वदेशी उपकरणहरूलाई आवश्यकताअनुसार परिमार्जन (कस्टमाइज) गर्न सकिने पक्ष नै यसको सबैभन्दा ठूलो विशेषता रहेको निर्देशक जुनले बताउनु भयो ।

सिएसुनका अनुसार यी रोबोटहरूको परिचालनपछि उत्पादन प्रक्रियामा उल्लेख्य सुधार आएको छ । हाल यस उत्पादन लाइनबाट प्रति ५० सेकेन्डमा एउटा कार तयार भइरहेको छ । सिएसुन रोबोट एन्ड अटोमेसनका वरिष्ठ निर्देशक चेङ हुफेङले यी रोबोटहरूले एउटा ‘’वेल्डिङ पोइन्ट’ मात्र २.२ सेकेन्डमा सम्पन्न गर्न सक्ने गरी डिजाइन गरिएको जानकारी दिनुभयो ।

सिएसुन रोबोट एन्ड अटोमेसन कम्पनी लिमिटेड उत्तर–पूर्वी चीनको शेनयाङमा अवस्थित एक अग्रणी रोबोटिक्स कम्पनी हो । यस सहकार्यले चिनियाँ अटोमोबाइल उद्योगमा स्वचालित प्रविधिको बढ्दो प्रयोग र स्वदेशी रोबोटिक्सको क्षमतालाई उजागर गरेको छ ।

 

Nepal life insuranceimagesimagesimages