एसईई २०८२ को नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत उत्तीर्ण, ४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए ३.६० माथिको जीपीए

एसईई २०८२ को नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत उत्तीर्ण, ४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए ३.६० माथिको जीपीए

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन्।

गत वर्षको तुलनामा यसपटक एसईई नतिजामा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष नतिजामा ४.१७ प्रतिशतले सुधार आएको बोर्डले जनाएको छ।

२९ दिनमै सार्वजनिक भयो एसईई २०८२ को नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण - Arghakhanchi.Com "Arghakhanchi Media House Pv

यसपटकको नतिजाअनुसार उच्च जीपीए ल्याउने विद्यार्थीहरूको संख्या पनि उल्लेख्य रहेको छ। बोर्डका अनुसार ३.६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको छ। यसले यस वर्षको नतिजा तुलनात्मक रूपमा सकारात्मक र उत्साहजनक रहेको संकेत गरेको छ।

नतिजा विवरणअनुसार:

▪️ जीपीए ३.६० देखि ४.०० ल्याउने — ४८,३९२ जना
▪️ जीपीए ३.२० देखि ३.६० ल्याउने — ८०,३७२ जना
▪️ जीपीए २.८० देखि ३.२० ल्याउने — ९४,२२२ जना
▪️ जीपीए २.४० देखि २.८० ल्याउने — ५५,९७७ जना
▪️ जीपीए २.०० देखि २.४० ल्याउने — ५,१९० जना
▪️ जीपीए १.६० देखि २.०० ल्याउने — ७ जना
▪️ नन ग्रेडेड — १,४६,५०७ जना

यसरी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका हुन्।

सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो। सोहीअनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो। यही कारण चैत २९ गते सकिएको परीक्षा २९ दिनमै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए।

यस वर्ष जापानस्थित एभरेस्ट स्कुलबाट समेत २३ जना विद्यार्थी सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको छ। सामाजिक सञ्जालदेखि विद्यालयसम्म सफल विद्यार्थीहरूको चर्चा सुरु भएको छ भने केही विद्यार्थीहरूले अपेक्षाअनुसार नतिजा नआएको भन्दै पुनः प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

📌 यसरी हेर्न सकिन्छ एसईईको नतिजा:

📱 SMS / IVR सेवा:
▪️ नेपाल टेलिकम — १६००
▪️ जानकी टेक्नोलोजी — ३५००१
▪️ एम्बिसन गुरु — ३१०६१

🌐 वेबसाइटमार्फत:
▪️ SEE Official Website
▪️ NEB Official Website
▪️ NTC SEE Result
▪️ eKantipur SEE Result
▪️ EduSanjal SEE Result
▪️ Khalti App

#SEE2082 #SEEResult #NEB #EducationNews #GPA #NepalEducation #ArghakhanchiCom #ArghakhanchiComHD #Highlights

 

Nepal life insuranceimagesimagesimages