अर्घाखाँची: सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस पाणिनीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ घाइते (पुरा बिबरण सहित )

सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस पाणिनीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ घाइते

-डीआरजी सुमन , अर्घाखाँची डटकम ।

अर्घाखाँची — अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँट मा सुपादेउराली मन्दिर दर्शन गरेर पर्वत फर्किंदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

May be an image of one or more people, jeep and car

मंगलबार दिउँसो करिब १ बजे सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिका–८ को कोलडाँडा–दुर्गाफाँट भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ।

May be an image of car, jeep and text

बसमा पर्वत जिल्लाको मोदी गाउँपालिका पातिचौरका तीर्थयात्रीहरू सवार रहेका थिए। बसमा चालक दलसहित करिब ३० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी पालीबाट ठूलो संख्यामा प्रहरी टोली परिचालन गरी उद्धार कार्य गरिएको थियो।

May be an image of one or more people, ambulance, motorcycle and text

दुर्घटनामा चालक पर्वत मोदी गाउँपालिका–५ निवासी ४५ वर्षीय रमेश जिसीको मृत्यु भएको छ। त्यस्तै पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत, पर्वत मोदी गाउँपालिका–५ निवासी ५० वर्षीया बिन्दु कुँवर तथा सोही स्थानकी ५० वर्षीया कौशिला रेग्मीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

May be an image of car, jeep and text

घाइतेमध्ये केहीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो भने अवस्था गम्भीर रहेका घाइतेहरूलाई भैरहवा मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज प्रभास तथा पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनामा १४ पुरुष र १७ महिला घाइते भएका छन्।

May be an image of one or more people

घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य गरिएको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

May be an image of one or more people

बस सुपादेउराली मन्दिर दर्शन गरेर पर्वत फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाले अर्घाखाँची–पाल्पा सडक क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

दुर्घटनाको समग्र विवरण:

पाणिनी बस दुर्घटना अपडेट : कुन घाइतेको कहाँ उपचार भइरहेको छ ?

May be an illustration of text

May be an image of text

May be an image of ticket stub and text

सि.नं नाम ठेगाना अवस्था उपचार भइरहेको अस्पताल / रिफर
उमा पौडेल मोदी–५, पर्वत सामान्य भैरहवा मेडिकल कलेज रिफर
विष्णु केसी मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
दिपा पौडेल मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
देवबहादुर अखेली मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
राधिका रोका मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
मिना कुँवर मोदी–५, पर्वत सिरियस भैरहवा मेडिकल कलेज रिफर
राममाया बस्नेत पोखरा–१९ मृतक जिल्ला अस्पताल सन्धिखर्क
बिन्दु कुँवर मोदी–५, पर्वत मृतक जिल्ला अस्पताल सन्धिखर्क
कौशिला रेग्मी मोदी–५, पर्वत मृतक जिल्ला अस्पताल सन्धिखर्क
१० लिला बहादुर कुँवर मोदी–५, पर्वत सिरियस LMC प्रभास रिफर
११ तारा बहादुर रेग्मी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१२ प्रदीप पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१३ दुर्गाबहादुर पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१४ विश्वास पौडेल मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
१५ रमेश जिसी (चालक) मोदी–५ मृतक घटनास्थल / अस्पताल
१६ हेमा कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१७ बाटुली पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१८ उजेली कुमारी क्षेत्री मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१९ सन्तोष क्षेत्री मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२० पदमबहादुर कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२१ रोहित कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२२ देवी कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२३ हरिमाया कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२४ लालबहादुर रेग्मी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२५ सम्राट कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
২৬ दिपा सुवेदी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२७ सम्राज्ञी कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
२८ सागर कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
२९ पवित्रा जिसी मोदी–५ सिरियस युनाइटेड मिसन अस्पताल पाल्पा
३० पवित्रा कुमारी पौडेल मोदी–५ सिरियस युनाइटेड मिसन अस्पताल पाल्पा
३१ सिता कुँवर अन्नपूर्ण–८, कास्की मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा

 मृतक : ४ जना

 घाइते : २७ जना

सिरियस : ४ जना

मध्यम : १९ जना

सामान्य : ४ जना

#Arghakhanchi #Panini #BusAccident #Supadeurali #AccidentNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

May be an image of one or more people and motorcycle

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people and mountain

May be an image of one or more people

May be an image of motorcycle

May be an image of one or more people

May be an image of one or more people and motorcycle

No photo description available.

दुर्घटनाको समग्र विवरण:

पाणिनी बस दुर्घटना अपडेट : कुन घाइतेको कहाँ उपचार भइरहेको छ ?

May be an illustration of text

May be an image of text

May be an image of ticket stub and text

सि.नं नाम ठेगाना अवस्था उपचार भइरहेको अस्पताल / रिफर
उमा पौडेल मोदी–५, पर्वत सामान्य भैरहवा मेडिकल कलेज रिफर
विष्णु केसी मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
दिपा पौडेल मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
देवबहादुर अखेली मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
राधिका रोका मोदी–५, पर्वत मध्यम भैरहवा मेडिकल कलेज रिफर
मिना कुँवर मोदी–५, पर्वत सिरियस भैरहवा मेडिकल कलेज रिफर
राममाया बस्नेत पोखरा–१९ मृतक जिल्ला अस्पताल सन्धिखर्क
बिन्दु कुँवर मोदी–५, पर्वत मृतक जिल्ला अस्पताल सन्धिखर्क
कौशिला रेग्मी मोदी–५, पर्वत मृतक जिल्ला अस्पताल सन्धिखर्क
१० लिला बहादुर कुँवर मोदी–५, पर्वत सिरियस LMC प्रभास रिफर
११ तारा बहादुर रेग्मी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१२ प्रदीप पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१३ दुर्गाबहादुर पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१४ विश्वास पौडेल मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
१५ रमेश जिसी (चालक) मोदी–५ मृतक घटनास्थल / अस्पताल
१६ हेमा कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१७ बाटुली पौडेल मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१८ उजेली कुमारी क्षेत्री मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
१९ सन्तोष क्षेत्री मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२० पदमबहादुर कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२१ रोहित कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२२ देवी कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२३ हरिमाया कुँवर मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२४ लालबहादुर रेग्मी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२५ सम्राट कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
২৬ दिपा सुवेदी मोदी–५ मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा
२७ सम्राज्ञी कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
२८ सागर कुँवर मोदी–५ सामान्य युनाइटेड मिसन अस्पताल पाल्पा
२९ पवित्रा जिसी मोदी–५ सिरियस युनाइटेड मिसन अस्पताल पाल्पा
३० पवित्रा कुमारी पौडेल मोदी–५ सिरियस युनाइटेड मिसन अस्पताल पाल्पा
३१ सिता कुँवर अन्नपूर्ण–८, कास्की मध्यम युनाइटेड मिसन अस्पताल पाल्पा

 मृतक : ४ जना

 घाइते : २७ जना

सिरियस : ४ जना

मध्यम : १९ जना

सामान्य : ४ जना

#Arghakhanchi #Panini #BusAccident #Supadeurali #AccidentNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages