जेठ १३ देखि यार्सा सिजन सुरु: मुगुले तोक्यो प्रवेश शुल्क र समय सीमा

 

मुगु — मुगुम कार्मारोङ गाउँपालिका ले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि आगामी जेठ १३ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भएको छ। गाउँपालिकाले एक महिनाका लागि संकलन अनुमति वितरण गर्ने तयारी पूरा गरेको जनाएको छ।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा का अनुसार जेठ १३ गतेदेखि असार १३ गतेसम्म मात्रै यार्सागुम्बा संकलनका लागि ‘छोडपुर्जी’ वितरण गरिनेछ। जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र जिल्लाभित्रका संकलनकर्ताका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको छ।

images

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुइकी, माथिल्लो कुइकी, छुगाेल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायतका उच्च हिमाली पाटन यार्सागुम्बा पाइने मुख्य क्षेत्रका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा उत्पादनका लागि उर्वरभूमि मानिने गरिएको छ।

images

images

हरेक वर्ष यार्सागुम्बा संकलन सिजन सुरु भएसँगै हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत लगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता मुगु पुग्ने गर्दछन्। यस अवधिमा हिमाली बस्ती र पाटन क्षेत्रमा अस्थायी टहरा, व्यापारिक गतिविधि तथा दैनिक उपभोग्य वस्तुको कारोबार समेत बढ्ने गर्दछ।

गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत संकलन अनुमति वितरण गर्दै आएको छ। यही प्रणालीबाट प्रत्येक वर्ष लाखौँ रुपैयाँ राजस्व संकलन हुने गरेको गाउँपालिकाको भनाइ छ।

Nepal life insurance

स्थानीयवासीका लागि यार्सागुम्बा संकलन मुख्य मौसमी आम्दानीको स्रोत मानिन्छ। हिमाली भेगका धेरै परिवारले यही सिजनको आम्दानीबाट वर्षभरको खर्च व्यवस्थापन गर्ने गरेका छन्। त्यसैले यार्सागुम्बा संकलनलाई हिमाली क्षेत्रको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण गतिविधिका रूपमा हेरिन्छ।

यार्सा संकलन सुरु भएसँगै मुगुका उच्च हिमाली पाटनमा फेरि एकपटक चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

#Yarsagumba #Mugu #Herbs #HimalayanLife #NepalNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages