“अर्घाखाँचीका किसानलाई बाँदर र बदेलले घरबाटै खेद्न थाले” — संसदमा हरिप्रसाद भुसालको पहिलो सम्बोधन

“अर्घाखाँचीका किसानलाई बाँदर र बदेलले घरबाटै खेद्न थाले” — संसदमा हरिप्रसाद भुसालको भावुक र आक्रामक सम्बोधन

अर्घाखाँची डटकम ।

काठमाडौं — हरिप्रसाद भुसाल ले प्रतिनिधिसभामा पहिलो पटक बोल्दै अर्घाखाँची जिल्लाको विकास, कृषि, खानेपानी, सिँचाइ तथा ग्रामीण जनजीवनसँग जोडिएका समस्यालाई शक्तिशाली ढंगले उठाएका छन्।

पहिलो सम्बोधनमै उनले जिल्लाको वास्तविक अवस्था संसदमा राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद भुसालले आफूलाई विश्वास गरेर निर्वाचित गराउने अर्घाखाँचीवासीप्रति आभार व्यक्त गर्दै जिल्लाले लामो समयसम्म संघीय संसदमा प्रतिनिधित्व नपाउँदा विकास निर्माणका ठूला योजनाहरू अलपत्र परेको बताए।

उनले नौमुरे बहुउद्देश्यीय आयोजना, अर्घा भगवती विमानस्थल, सडक, खानेपानी र सिँचाइजस्ता योजनाहरूको अवस्था उल्लेख गर्दै अर्घाखाँची विकासको प्रतीक्षामै सीमित भएको टिप्पणी गरे।

संसदमा बोल्दै उनले भने, “नौमुरे आयोजना आज पनि कागजमै सीमित छ। आधा निर्माण सम्पन्न भएको अर्घा भगवती विमानस्थल गौचरण बनेको छ। खानेपानीका ट्यांकी फुट्न थालेका छन्, पाइपमा पानी होइन कमिला हिँड्न थालेका छन्।”

उनले ग्रामीण भेगका किसानले अहिले भोगिरहेको वन्यजन्तुको समस्या संसदमा निकै मार्मिक शैलीमा प्रस्तुत गरे।

images

“पहिले चराले खेती उम्रन दिँदैनन्, जसोतसो उम्रियो भने मृगले हुर्कन दिँदैन, हुर्कियो भने बदेलले फल लाग्न दिँदैन, अनि भाग्यले फल लागे बाँदरले पाक्न दिँदैन,” उनले संसदमा भने।

images

उनको यो अभिव्यक्तिपछि संसदमा केहीबेर माहोल नै गम्भीर बनेको थियो। सामाजिक सञ्जालमा समेत उनको सम्बोधन तीव्र रूपमा भाइरल भइरहेको छ। धेरैले ग्रामीण किसानको वास्तविक पीडा संसदमा उठेको भन्दै प्रशंसा गरेका छन्।

सांसद भुसालले अर्घाखाँचीका किसान अहिले खेतीपाती छोड्ने अवस्थामा पुगेको, गाउँका खेतबारी बाँझिन थालेको तथा युवाहरू विदेश पलायन भइरहेको उल्लेख गरे। उनले सरकारले ग्रामीण कृषि संरक्षण, वन्यजन्तु नियन्त्रण तथा अलपत्र आयोजनाको पुनः सञ्चालनमा तत्काल विशेष योजना ल्याउनुपर्ने माग गरे।

images

उनले “भर्खर बारीमा मकै छरेका किसानलाई म के भनेर सम्झाऊँ ?” भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए।

राजनीतिक विश्लेषकहरूले सांसद भुसालको पहिलो सम्बोधनलाई ग्रामीण नेपालका वास्तविक समस्या संसदमा उठाउने प्रभावशाली अभिव्यक्तिका रूपमा लिएका छन्। विशेषगरी कृषि संकट, पूर्वाधार उपेक्षा र जनप्रतिनिधिविहीन अवस्थाले जिल्लामा पारेको असर उनले स्पष्ट रूपमा प्रस्तुत गरेको टिप्पणी भइरहेको छ।

यस्तो छ सांसद हरि भुसालको सम्बोधन :

Nepal life insurance
सम्माननीय सभामुख महोदय,
म अर्घाखाँचीबाट निर्वाचित जनप्रतिनिधिका रूपमा पहिलो पटक सदनमा बोल्दै गर्दा मलाई विस्वास गरेर मत दिनुहुने मतदाता तथा सहयोगीहरुप्रति आभार व्यक्त गर्दछु । म निर्वाचित हुनुअघि करीव तीन वर्ष अर्घाखाँची साँसद विहिन बन्यो ।
साँसद विहिन हुँदा सिंगो देशको मुहार बदल्ने नौमुरे आयोजना, निर्माणाधिन अर्घा भगवती बिमानस्थल सहित सडक, खानेपानी र सिंचाईका दर्जनौँ योजनाहरु अलपत्र परे । जसका कारण नौमुरे कागजमा सिमित भएको छ, आधा काम सकिएको बिमानस्थल गौचरण बनेको छ, खानेपानीमा टंकीहरु फुट्न थालेका छन्, पाईपमा पानी होइन कमिला हिड्न थालेका छन् । हामीले यो गुनासो कहाँ सुनाउँ सभामुख महोदय ?
अनि सवैतिरबाट खेदिएका अर्घाखाँचीवासीहरुलाई बाँदर र वदेलले घरबाटै खेद्न थालिसके, पहिलो कुरा चराले खेती उम्रनै दिदैनन, जेनतन उम्रिए मृगले हुर्कन दिदैन, जसोतसो हुर्किएछ भने बदेलले फल लाग्न दिदैन अनि भाग्यले फल लाग्न सकेछ भने बाँदरले पाक्न दिदैन । भर्खर बारीमा मकै छरेका किसानलाई म के भनेर सम्झाउ ? सम्माननिय सभामुख महोदय मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउदछु । धन्यवाद ।

🎥 भिडियो : संघीय संसद सचिवालय

https://www.facebook.com/share/v/1CYLhYD9Ud/

#HariPrasadBhusal #Arghakhanchi #Parliament #Naumure #AgricultureCrisis #NepalPolitics #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages