खुमराज घिमिरेको सिर्जनामा बिरु घर्तीमगर र सुनिता बुढा क्षेत्रीको स्वर सजिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक

 

मौलिक लोकलयमा नयाँ स्वाद: ‘लौका घिरौंला’ सार्वजनिक, दर्शकको मन जित्दै लोकप्रिय बन्दै

नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक खुमराज घिमिरे को शब्द, संगीत तथा सिर्जनामा तयार गरिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक भएको छ । गीतमा लोकगायक बिरु घर्तीमगर र गायिका सुनिता बुढा क्षेत्री को सुमधुर स्वर रहेको छ ।

ग्रामीण परिवेश, गाउँघरको जीवनशैली र मौलिक लोकभाकालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ । गीतमा ठट्यौलीपन, रमाइलो भाव र लोकसंस्कृतिको झल्को देख्न सकिन्छ ।

गीतको भिडियोमा कलाकार मुकुन्द भट्ट र जुना कार्कीको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी नवीन पौडेलले, निर्देशन सुरज खनालले, सम्पादन विनोद बमले र छायांकन शिव विकेले गर्नुभएको हो ।

‘लौका घिरौंला’ खुमराज घिमिरेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । निर्माण टिमका अनुसार गीतले दर्शकको उल्लेखनीय माया पाइरहेको र आगामी दिनमा अझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

#LaukaGhiroula #LokGeet #NepaliLokSangeet #KhumrajGhimire #BiruGhartiMagar #SunitaBudaKshetri #NewNepaliSong #MusicNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages