सन् २०२६ को पहिलो त्रैमासमा मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार

 

आन्तरिक माग र निर्यातमा देखिएको सुधारका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार भएको छ । मलेसियाको केन्द्रिय बैंक, ‘बैंक नेगारा मलेसिया’ले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकमा ६.३ प्रतिशत रहेको आर्थिक वृद्धि दरमा यस पटक केही सुस्तता देखिएको हो । बैंकले जारी गरेको विज्ञप्तिअनुसार सुधारिएको श्रम बजार, न्युन बेरोजगारी दर र लक्षित नीतिगत व्यवस्थाहरूका कारण घरायसी उपभोगमा वृद्धि भएको छ ।

यसले समग्र आर्थिक वृद्धिलाई बलियो टेवा पु¥याएको बैंकको भनाइ छ । लगानीका क्षेत्रमा पनि विस्तार जारी रहेको छ । निजी र सार्वजनिक दुवै क्षेत्रमा बहुवर्षीय आयोजनाहरूको कार्यान्वयन, स्वीकृत लगानीको उच्च परिचालन र राष्ट्रिय गुरुयोजनाहरूको शुरुवातले लगानीका गतिविधिहरूमा सकारात्मक प्रभाव पारेको छ । यसैगरी, निर्यात क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ । विशेषगरी इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स (ई एण्ड ई) उत्पादनहरूको ढुवानीमा भएको निरन्तर विस्तारले निर्यातलाई मजबुत बनाएको हो ।

मौसमी रूपमा समायोजित त्रैमासिक आधारमा भने अर्थतन्त्रमा ०.०१ प्रतिशतको झिनो गिरावट देखिएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा अर्थतन्त्र १.४ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो त्रैमासिकको बलियो प्रदर्शनपछि यस पटक सामान्य गिरावट आएको बैंकले स्पष्ट पारेको छ । बैंकका गभर्नर अब्दुल रसिद गफुरले सन् २०२६ मा मलेसियाको अर्थतन्त्र ४ देखि ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गर्नुभ्यो ।

स्थिर आन्तरिक माग र निर्यातमा हुने निरन्तर विस्तारले अर्थतन्त्रलाई चलायमान राख्ने उहाँको विश्वास छ । उहाँले ऊर्जाको बढ्दो मूल्य, आपूर्ति शृङ्खलामा आउने अवरोध र वाह्य वातावरणमा व्याप्त अनिश्चितताले अर्थतन्त्रमा चुनौती थप्न सक्ने उल्लेख गर्नुभयो ।

यद्यपि, बलियो श्रम बजार, सरकारी नीतिगत सहयोग र निरन्तरको लगानीले वाह्य चुनौतीहरूलाई सामना गर्न मद्दत गर्ने केन्द्रिय बैंकको ठहर छ । विश्वव्यापी अनिश्चितताका बाबजुद प्रविधि क्षेत्रमा आएको सुधारले मलेसियाको ई एन्ड ई उत्पादनको निर्यातलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु