


प्युठान । प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् । शनिबार अपराह्न करिब ४ः३० बजे खोलामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।
घटनाको जानकारीपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारकै क्रममा साँझ ५ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
#झिमरुकखोला #प्युठान #दुर्घटना #बालकमृत्यु #नोबेलआचार्य #नेपालसमाचार #अर्घाखाँची #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



