गगन थापा भन्छन्– ‘पार्टी मिलाउन खोज्छु तर सदस्यता अध्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ’

 

नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताउनुभएको छ ।  प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागी लचिलो हुन तयार रहेको बताउनुभएको हो ।

उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताउनु भयो । महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रिय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उहाँले सबै नेताहरुसंग मिलेर काम गर्न चाहेको बताउनु भयो । उहाँले पार्टीमा विशेष मधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरि सबैलाई समान अवसर दिने प्रश्ताव गरेको बताउनु भयो ।

images

उहाँले भन्नुभयो, ‘पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको ठूलो पंक्ति हाल केन्द्रिय समितिबाट बाहिर छ । म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, अहिलेको केन्द्रिय समितिभित्र ल्याएर मानका साथ बरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा हुन्छ, त्यही राखेर उहाँलाई संगै लिएर काम गर्न चाहन्छु । मेरो प्रश्ताव हो यो । अधिवेशनको तिथिमिति तय भएको छ । त्यो अधिवेशनका लागी पार्टीमा केही संरचनाहरु छन् । प्रेम बहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति छ, त्यो समितिमा उहाँहरुलाई को को राख्दा सजिलो हुन्छ, राख्न सक्नुहुनेछ । सदस्यतासम्बन्धी समितिमा को को राख्ने हो, ल्याउनुस् नाम, राखौँ, बसौँ, सदस्यताको कुरा गरौँै । अनुशासन समितिमा अनफेयर हुन्छ की भन्ने भयो भने त्यहाँ पनि नाम राखौँ, ल्याउनुस् । अवसर दिने क्रममा भेदभाव हुँदैन, को विशेष महाधिवेशनमा आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर पाउने र निर्णय गर्ने भन्ने हुँदैन ।’ 

उहाँले पार्टीको विवाद समाधान गर्नको लागि पटक पटक छलफल गरिरहेको भएपनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टी जनाउनु भयो । देशभरका काँग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले अध्यावधिक नगर्न उक्साइरहेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘काँग्रेसको देशभर भएको सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा फिजिकल रुपमा वडा कार्यलय गएर म नेपाली काँग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनेर भन्दिनुस् भनेर भन्दै गर्दा पनि ल त ? भन्लास् त ? काँग्रेसको सदस्य हुँ भन्लास त ? काँग्रेस सकाउने ? भनेर नेताहरुको अभिव्यक्ति सुनिरहेको छु । अध्यावधिक नगर्नको लागी भनेर आह्वान गर्ने लहर चलेको छ, यहाँ । के भनेको अध्यावधिक नगर्ने भनेको ?’ 

उहाँले सबै नेताहरुलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । पार्टीमा एकताबद्ध कायम राख्न सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । काँग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुन फिर्ता गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages