होटलमा सधै किन सेतो तन्दा मात्रै ओच्छयाइन्छ ? जानी राखौं

 

काठमाडौं, ४ जेठ । जब हामी यात्रा गर्छौं र कोठा बुक गर्छौं, त्यो बेला होटलको कोठामा प्रवेश गर्दा हामीले सबैभन्दा पहिले याद गर्ने कुरा भनेको सफा तन्दासहितको ओछ्यान हो। तपाईंले याद गर्नुभएको होला कि चाहे त्यो ३ तारे होस् वा ५ तारे होटल, प्रायः तीनका ओछ्यानहरू सधैं दुध झै सेतो चादरले ढाकिएका हुन्छन्।

के तपाईंले कहिल्यै सोच्नुभएको छ किन होटलहरूले रंगीन वा डिजाइनवाला तन्दाहरू किन प्रयोग गर्दैनन् र सदैँव सेतो तन्दा मात्रै प्रयोग गर्छन ? खास किन हो त ? यस लेखमार्फत जानकारी लिनुहोस्  ।

होटलका कोठाहरूमा सेतो तन्दाहरू किन प्रयोग गरिन्छ ?

१) सरसफाइ र स्वच्छताः  सेतो रंगलाई शुद्धता र सरसफाइको प्रतीक मानिन्छ। होटलमा हरेक दिन नयाँ पाहुनाहरू आउँछन्, जसले गर्दा सरसफाइ महत्त्वपूर्ण रहेको हुन्छ। सेतो तन्दा वा बेडसिटमा सानो दाग वा धुलो पनि स्पष्ट रूपमा देखिन्छ। होटलहरूले कोठा पूर्ण रूपमा सफा र स्वच्छ छ भन्ने सन्देश दिन सेतो तन्दा प्रयोग गरिन्छ । रंगीन तन्दाहरूले दागहरू लुकाउन सक्छन्, जसले पाहुनाहरूलाई फोहोर भएको शंका गर्न सक्छन् ।

२) शान्ति र विलासिताः  मनोविज्ञानले सेतो रंगले आँखालाई शान्त बनाउँछ भन्ने सुझाव दिन्छ, जब हामी बिदामा जान्छौं, हामी शान्तिको चाहना गर्छौ। सेतो तन्दाको दृश्यले दिमागलाई आराम दिन्छ। यसबाहेक, सेतो रंगले विलासिता महसुस गराउँछ।

३) धुलाइः  तपाईं सोचिरहनु भएको होला कि सेतो तन्दाहरू चाँडै फोहोर हुन्छन्, त्यसो भए तिनीहरूलाई धुन पनि त गाह्रो हुन्छ । सत्य यो ठीक विपरीत हो। सेतो तन्दाहरू धुन निकै सजिलो हुन्छ, होटलहरूले प्रायः धेरै तन्दाहरू तातो पानीमा हाल्छन् र एकैचोटि ब्लीच गर्छन्। यस्तो ब्लीचिङले कीटाणुहरूलाई मार्छ र दागहरू हटाउँछ। रंगीन तन्दाहरू फिक्का हुन सक्छन् तर सेतो तन्दाहरू सधैं नयाँ जस्तै चम्किन्छन्।

४) कोठालाई फराकिलो देखाउनः  सेतो रंगले प्रकाशलाई प्रतिबिम्बित गर्छ, जसले गर्दा कोठा ठूलो, खुला र हावायुक्त देखिन्छ। साना होटलका कोठाहरूलाई पनि फराकिलो देखाउन सेतो ओछ्यानका तन्दा र सेतो पर्दाहरू प्रायः प्रयोग गरिन्छ।

५) एकरूपताः   टलहरूमा सयौं कोठाहरू हुन्छन्। फरक रंग वा डिजाइन भएका तन्दाहरू व्यवस्थापन गर्नु झन्झटिलो हुनेछ। सेतो तन्दाहरूको फाइदा यो हो कि यदि एउटा बिग्रियो भने यसलाई कुनै पनि अन्य सेतो तन्दाहरूले प्रतिस्थापन गर्न सकिन्छ। यसले इन्भेन्टरी व्यवस्थापनलाई धेरै सजिलो बनाउँछ।

 

Nepal life insuranceimagesimagesimages