दक्षिणी लेबनानमा इजरायली आक्रमण तिब्र, पाँच जनाको मृत्यु

 

 

इजरायलले दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा आफ्नो सैन्य आक्रमणलाई थप तिब्र पारेको छ । स्थानीय सञ्चारमाध्यम तथा स्वास्थ्य अधिकारीहरूका अनुसार यी पछिल्ला आक्रमणहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।

लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार इजरायली आक्रमणका कारण हताहती हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार गत मार्च २ देखि मे १६ सम्मको अवधिमा इजरायली सैन्य कारबाहीमा परी मृत्यु हुनेको कुल संख्या २ हजार ९ सय ६९ पुगेको छ ।

सोही अवधिमा ९,११२ जना घाइते भएको स्वास्थ्य मन्त्रालय मातहतको उक्त केन्द्रले जनाएको छ । पछिल्लो समय लेबनानको दक्षिणी सीमावर्ती क्षेत्रमा तनाव उत्कर्षमा पुगेसँगै दुवै पक्षबीच भिडन्त र हवाई आक्रमणका घटनाहरू बढेका छन् ।

 

Nepal life insuranceimagesimagesimages