

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मंगलवार नै संसदीय सुनुवाई समितिबाट सर्वसम्मतले अनुमोदन हुनुभएका प्रधानन्यायाधीश शर्मालाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।


शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।


शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उहाँले सर्वोच्च अदालतमा ६ वर्षे पूरा कार्यकालल पूरा गर्नुहुनेछ । उहाँले २०८९ जेठसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नुहुनेछ ।



