लोकप्रिय गायक मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा ‘बैगुनी मायालु’ सार्वजनिक

-अर्घाखाँची डटकम संवाददाता

अर्घाखाँची । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक विश्वास घिमिरेको नयाँ भावनात्मक गीत ‘बैगुनी मायालु’ सार्वजनिक भएको छ । प्रेम, पीडा र बिछोडको कथालाई समेटेर तयार पारिएको उक्त गीतले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ ।

images

गीतमा अर्घाखाँचीका चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका यशोदा कार्की को सुमधुर स्वर रहेको छ । गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने लय गायक मोतिराज खनालले तयार पार्नुभएको हो ।

गीतको संगीत संयोजन रमेश सेन्चुरीले गर्नुभएको छ । मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कार्य सागर बाजुरालीले सम्पन्न गर्नुभएको हो भने मिक्सिङ खडक बाजुरालीले गर्नुभएको छ ।

म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा विशेष घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं विश्वास घिमिरेले गर्नुभएको हो । ड्रोन क्यामेराबाट दृश्य खिच्ने कार्य चोप सिलवालले गर्नुभएको छ भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हाल्नुभएको छ ।

गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको प्राकृतिक वातावरण तथा मायाप्रेम र बिछोडको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको ‘बैगुनी मायालु’ले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ ।

उत्कृष्ट कथा प्रस्तुति, भावनात्मक अभिनय तथा अनुभवी कलाकारहरूको समन्वयले गीतलाई अझ जीवन्त बनाएको दर्शकहरूको प्रतिक्रिया छ । नेपाली लोक तथा आधुनिक संगीतप्रेमीका लागि ‘बैगुनी मायालु’ प्रेम, संवेदना र यथार्थ भावनाले भरिएको उत्कृष्ट सांगीतिक कोशेलीका रूपमा सार्वजनिक भएको छ ।

#बैगुनीमायालु #मोतिराजखनाल #यशोदाकार्की #विश्वासघिमिरे #नेपालीगीत #लोकगीत #संगीत #अर्घाखाँची #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages