

काठमाडौं, ७ जेठ । रूस र चीन बिचमा ग्याँस पाइपलाइनका बारेमा एेतिहासिक सहमति भएको छ । रूसी राष्ट्रपति पुटिनका सहयोगीका अनुसार रूस र चीन बिच प्रमुख ग्यास पाइपलाइनमा सामान्य समझदारीमा जानकारी दिएका छन् ।

पावर अफ साइबेरिया २ पाइपलाइनमा चीन र रूस बिचमा सामान्य समझदारीमा पुगेको उनले जानकारी दिए । ‘यो एक प्रमुख परियोजना हो, जुन पूरा भएमा चीनमा वार्षिक ५० अर्ब घन मिटरसम्म रूसवाट ग्याँस ढुवानी हुनेछ,’ उनले संक्षिप्त प्रतिक्रिया दिदैँ भने ।

पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले पत्रकारहरूलाई अगाडी भने कि, ‘केही सूक्ष्मताहरू समाधान गर्न बाँकी छ तर यो समझदारी पहिले नै भएको थियो, अब कार्यान्वयनको चरणमा लैजाने कुरा भएको छ ।’ राज्य स्वामित्वको समाचार आउटलेट आरआईए नोवोस्तीका अनुसार यो जानकारी बाहिर आएको हो ।
रूसी राष्ट्रपति पुटिन र चीनिया समकक्षी सि जिनपिङ दुबै नेता बिच भएको सहमतिमा पाइपलाइनको मार्ग र निर्माण विधि समावेश भएको उनले जानकारी दिए ।

यो परियोजना सम्पन्न भएपछि प्राकृतिक ग्याँस पाइपलाइनले रूसको यमलको ग्याँस क्षेत्रहरूबाट मंगोलिया हुँदै चीनमा प्रति वर्ष ५० अर्ब घन मिटर ग्यास ढुवानी गर्ने अपेक्षा गरिएको छ। यो २०२५ को अनुमानमा आधारित चीनको कुल ग्याँस खपतको लगभग १२ प्रतिशत मात्र हो।

रिपोर्टहरूका अनुसार मूल्यमा असहमतिका कारण वर्षौंदेखि यो सम्झौता रोकिएको थियो । तर, यस हप्ताको सुरुमा समाचारहरू आएका थिए कि रूसी ग्याँस विशाल ग्याँज प्रोम र चीनिया राष्ट्रिय पेट्रोलियम निगमले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
रूसी अर्थतन्त्र बढ्दो तनावमा र पश्चिमी प्रतिबन्धहरूले यसको स्रोतहरू घट्दै जाँदा यो परियोजनाले रूसको लागि नयाँ महत्त्व लिने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीन रूसको शीर्ष व्यापारिक साझेदार मात्रै होइन, तेल र ग्यासको लागि यसको सबैभन्दा ठूलो ग्राहकसमेत पनि हो।
यसका बारेमा थप विवरण वा समय भने उल्लेख गरिएको छैन् ।



