इण्डोनेसियाद्वारा आगामी वर्षका लागि ६.५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य सार्वजनिक

 

इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सन् २०२७ का लागि मुलुकको समष्टिगत आर्थिक ढाँचा र वित्तीय नीतिका लक्ष्यहरू सार्वजनिक गर्नुभएको छ । यस नीतिमा आर्थिक वृद्धिलाई ६.५ प्रतिशतसम्म पु¥याउने र वित्तीय घाटालाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.४ प्रतिशतभन्दा तल राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

Nepal life insurance

हाउस अफ रिप्रिजेन्टेटिभ्सको पूर्ण बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सुबियान्तोले मुद्रास्फीति दरलाई १.५ देखि ३.५ प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य रहेको बताउनु भयो । यस्तै इण्डोनेसियाली मुद्रा रुपैयाँको विनिमय दरलाई प्रतिअमेरिकी डलर १६ हजार ८ सयदेखि १७ हजार ५ सयको बीचमा स्थिर राख्ने सरकारको योजना छ ।

सरकारी ऋणपत्रको प्रतिफल ६.५ देखि ७.३ प्रतिशतको दायरामा रहने प्रक्षेपण गरिएको छ । उहाँले मुलुकको मुद्रालाई विश्वका अन्य मुद्राहरूको तुलनामा स्थिर राख्न वित्तीय र मौद्रिक रणनीतिहरू सक्षम हुनुपर्नेमा समेत जोड दिनुभयो । ऊर्जा क्षेत्रतर्फ सन् २०२७ मा इन्डोनेसियाली कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० देखि ९५ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

आर्थिक विस्तारको लाभ सर्वसाधारणसम्म पुग्नुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले सन् २०२७ सम्ममा गरिबीको दरलाई ६ देखि ६.५ प्रतिशतमा र बेरोजगारी दरलाई ४.३ देखि ४.८ प्रतिशतमा झार्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

 

Nepal life insuranceimagesimagesimages