२६ बर्षको अघिका भेटेका एक किशोरलाई पुटिनले जब बेइजिङमा भेटे

 

बेइजिङ, ७ जेठ ।  रूसी राष्ट्रपति पुटिनले पेङ पाई नामक चिनियाँ नागरिकसँग भेटबार्ता गरेका छन ।

पहिलो पटक राष्ट्रपतिको रूपमा पुटिनले ती नागरिकलाई आफ्नो पहिलो चीन भ्रमणको क्रममा सन २००० मा बेइजिङको बेइहाई पार्कमा भेटेको बेला फोटो खिचेका थिए।

उनले पेङ पाईसँग तस्विर लिदाँ त्यो बेला १२ वर्षका मात्र थिए तर पुटिनसँग सो  लिएको यो तस्बिरले पाइको जीवन भने पुरै परिवर्तन गरिदिएको थियो ।

images

त्यसको ७ बर्ष पछि अर्थात सन २००७ मा पाइले रुसी राष्ट्रपति छात्रवृत्तिको लागि आवेदन दिएर सफलता हासिल गरे भने मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङमा अध्ययन गर्न जान पाए ।  राष्ट्रपति पुटिन उनीसँग भेटन पाउँद खुसी छन् कि उनले फोटो खिचेको चिनियाँ केटाले मस्कोमा उच्च शिक्षा हासिल गरेको छ । ‘मलाई आशा छ कि तपाईं मस्को आउँदा तपाईंको लागि राम्रो मैत्रीपूर्ण अवस्था सिर्जना भएको थियो,’ पुटिनले भनेका छन् ।

images

तर, अहिले पाइ चीन नै फर्केर हुनान कन्स्ट्रक्सन इन्भेस्टमेन्ट ग्रुपमा वरिष्ठ इन्जिनियरको रूपमा काम गरिरहेका छन् ।

images

तर, दुइ दिने चीन भ्रमणमा रहेको बेला पुनः पुटिन र पाइ बिचमा बेइजिङमा भेट भएको हो । ‘म तपाइसँग पुनः भेटन पाउँदा खुसी छु,’ पाइले सो भेटमा पुटिनसँग भनेका छन् ।

Nepal life insurance

‘२६ वर्षपछि अब तपाईंलाई फेरि भेट्ने मौका मिल्नु मेरो लागि ठूलो आश्चर्यको कुरा हो,’ पाईले पनि पुटिनसँग भने।

साे क्रममा पुटिनले २६ वर्षअघि राष्ट्रपतिको रूपमा चीनको पहिलो भ्रमणमा खिचिएको तस्बिरमा हस्ताक्षरसमेत गरेका छन, उनले आज तस्बिरमा भएको केटालाई (जो अहिले वयस्क भइसकेको छ) कुराकानीको लागि भेटेका रूसी समाचार संस्था अारटीले जनाएकाे छ ।

 

 

Nepal life insuranceimagesimagesimages