‘एलएस होराइजन १२’ मा लगानीकर्ताको उच्च आकर्षण

 

 

काठमाडौं, ०८ जेठ । लगानीकर्ताबाट उत्साहजनक सहभागिता पाएपछि ‘एलएस होराइजन १२’ योजनाको एकाइ बिक्री समयअघि नै बन्द गरिएको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको उक्त योजनामा अपेक्षाभन्दा धेरै आवेदन परेपछि बुधबारदेखि बिक्री प्रक्रिया रोकिएको जनाएको हो।

लक्ष्मी सनराइज बैंक प्रवद्र्धक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको सार्वजनिक निष्कासन ३० वैशाखदेखि खुला गरिएको थियो। कुल १२ करोड एकाइ निष्कासन गरिएको योजनामा छोटो अवधिमै उच्च माग देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार निष्कासन खुला भएको केवल ६ कार्यदिनमै डेढ अर्ब रुपैयाँभन्दा बढीको आवेदन प्राप्त भएको थियो। लगानीकर्ताको अत्यधिक चासोका कारण निर्धारित समयभन्दा अगावै आवेदन संकलन बन्द गर्नुपरेको जनाइएको छ।

योजनाअन्तर्गत कुल निष्कासनमध्ये एक करोड ८० लाख एकाइ बिज पुँजीका रूपमा लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको थियो भने बाँकी १० करोड २० लाख एकाइ सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो।

पूँजी बजारमा सामूहिक लगानी योजनाप्रति बढ्दो आकर्षणका बीच ‘एलएस होराइजन १२’ मा देखिएको आवेदनले लगानीकर्ताको विश्वास अझ बलियो बनेको संकेत गरेको छ।

 

images

 

Nepal life insuranceimagesimagesimages

images