‘आ बाट आमा २’मा “मेरो डान्स युनिभर्स २’ कि विजेता रिस्ता गुरुङको इन्ट्री

 

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्।

आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो। अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन्।

‘यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ, ’उनले भनिन्, ‘पल शाह या आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफुलाई। सबैसँग काम गर्न पाउँदा हुन्छ मलाई। योसँग र त्योसँग भन्ने छैन मलाई।’

यता निर्देशक पन्तले यस फिल्ममा अभिनेत्रीको जोडी को हो भन्ने बारेमा खुलाएनन्। निकै चासोको विषयमा निर्देशकले कसको जोडीका रुपमा अभिनेत्री गुरुङलाई लिइएको भन्ने विषयमा बोलेनन्।

‘उहाँ ‘आ बाट आमा २’को हिरोइन् हो,’उनले मिडियाकर्मीसँग भने,‘अब उहाँको जोडी को हो,के हो भन्ने कुरा सरप्राइज नै हो।’ अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’ कि विजेता हुन्।

आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा,प्रदीप रावतका अलवा साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।

images

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यस फिल्म अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ। जुन खरिद अहिलेसम्मकै महँगोमा भएको निर्माण पक्षले जानकारी दिइसकेको छ।

नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको  प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

images

 

Nepal life insuranceimagesimagesimages

images