आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको जोखिम

 

अर्घाखाँची डटकम 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

हाल कोशी प्रदेश लगायत बागमती प्रदेशगण्डकी प्रदेश का हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ । साथै कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा पनि बादल लागेको मौसम विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

यता लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई भू–भागमा तातो लहर (Heat Wave) को सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्ले अत्यधिक गर्मी भइरहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन, प्रशस्त पानी पिउन तथा चर्को घाममा लामो समय नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

#मौसम #मौसमपूर्वानुमान #वर्षा #तातोलहर #नेपाल #लुम्बिनी #गण्डकी #कोशी #बागमती #अर्घाखाँची #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages