आजको मौसम : देशभर बदली, धेरै प्रदेशमा मेघगर्जनसहित वर्षा, लुम्बिनी–सुदूरपश्चिममा तातो दिन र हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। यसको प्रभावका कारण आज देशका विभिन्न प्रदेशमा बदली, मेघगर्जन, चट्याङ्गसहित वर्षा तथा केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।

Nepal life insurance

विभागका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी तराई भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा अत्यधिक गर्मी तथा तातो दिनको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।

images

यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।

#आजकोमौसम #मौसमपूर्वानुमान #वर्षा #हावाहुरी #चट्याङ्ग #लुम्बिनी #नेपालमौसम #WeatherUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchicomHD

images

 

Nepal life insuranceimagesimagesimages

images