सन्धिखर्क नरपानी धारामा १५ करोड लगानीमा “Hotel Moonlight Heaven” सञ्चालनमा, ५० जनालाई रोजगारीको अवसर

 

✍️ रिपोर्ट : अनिल नेपाली , अर्घाखाँची डट्कम।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी धारामा १५ करोड रुपैयाँ लगानीमा “Hotel Moonlight Heaven” सञ्चालनमा आएको छ। धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली नजिकै स्थापना गरिएको यो होटल जिल्लाकै पहिलो सुविधासम्पन्न होटल भएको सञ्चालकको दाबी छ।

करिब दुई वर्षअघि निर्माण सुरु भई हालै सम्पन्न भएको उक्त होटलमा ३० वटा लक्जरी रुम रहेका छन्। होटलमा बाल्कोनीसहितका लक्जरी रुम, डिलक्स तथा कर्पोरेट रुमको व्यवस्था गरिएको सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिए। साथै ४०० जना क्षमताको आधुनिक कन्फरेन्स हल पनि होटलको प्रमुख विशेषता रहेको छ।

सुपादेउराली दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको उनले बताए। लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै भारतको उत्तर प्रदेश लगायतका क्षेत्रबाट आउने पर्यटकलाई सहज बासको व्यवस्था मिलाउने उद्देश्य रहेको श्रेष्ठको भनाइ छ।

उनका अनुसार, “पर्यटकलाई सहज बास उपलब्ध भएमा जिल्लाको धार्मिक तथा पर्यटकीय सम्पदाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार गर्न सकिन्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ।”

होटलको मुख्य विशेषता भनेको व्यस्त जीवनशैली भएका पाहुनाका लागि आरामदायी बसाइसँगै काम, विश्राम र मनोरञ्जनलाई एकै स्थानमा व्यवस्थापन गर्ने सुविधा रहेको सञ्चालक श्रेष्ठले बताए। कोठाहरूमा काम गर्ने, सुत्ने र आराम गर्ने छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

May be an image of mountain and text

होटल ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो। पार्किङ सुविधा, स्थानीय कला–संस्कृति झल्किने संरचना तथा पर्यटकीय अनुभवलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको सञ्चालकले बताए।

पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले सरकारसँग पर्यटनमैत्री नीति, कानुन र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए। साथै निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

सञ्चालक कृष्ण श्रेष्ठ १८ वर्षकै उमेरदेखि व्यवसायमा सक्रिय रहँदै आएका व्यवसायी हुन्।

May be an image of mountain and text

#Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD #Sandhikharka #NarpaniDhara #HotelMoonlightHeaven #TourismNepal #LuxuryHotel #Supadeurali #NepalTourism #LocalBusiness #ArghakhanchiNews #Employment 

 

Nepal life insuranceimagesimagesimages