भारतीय फिल्म निर्देशकको छतबाट लडेर मृत्यु

 

कोलकता, १४ जेठ । बंगाली फिल्म निर्माता अनिक दत्तको बुधबार कोलकातामा मृत्यु भएको छ ।

Nepal life insurance

प्रहरीका अनुसार उनी दक्षिण कोलकातामा रहेको आफ्नो बहुमंजिला घरको छतबाट खसेका थिए। उनलाई तुरुन्तै धाकुरिया नजिकैको एक निजी अस्पताल लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।

सो घटना पछि कोलकाता प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ। निर्देशकको मृत्युको खबर पाउने बित्तिकै श्रीलेखा मित्रा र रुद्रनील घोष लगायत धेरै बंगाली सिनेमा व्यक्तित्वहरू अस्पताल पुगेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार एक वरिष्ठ प्रहरी अधिकारीले अनिक दत्त शंकास्पद परिस्थितिमा आफ्नो घरको छतबाट खसेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । यद्यपी, यस विषयमा उनको परिवारले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन। प्रहरी घटनास्थलमा पुगेर गहन अनुसन्धान गरेको थियो ।

उनको अचानक मृत्युले बंगाली फिल्म उद्योगका सदस्यहरूलाई स्तब्ध बनाएको छ। निर्देशकलाई अन्तिम विदाई दिन आएका अभिनेत्रीहरू श्रीलेखा मित्रा, रुद्रनील घोष र अरिन्दम सिल अस्पताल बाहिर देखिएका थिए।

अनिक दत्तले २०१२ को हरर कमेडी फिल्म ‘भूतेर भविष्य’ बाट फिल्म उद्योगमा उल्लेखनीय पहिचान प्राप्त गरेका थिए । यो फिल्मले यसको भयानक कथासँगै राजनीतिक र सामाजिक व्यवस्थाको कडा आलोचना गरेको थियो। यसलाई बंगाली सिनेमामा कोसेढुङ्गा मानिन्छ। फिल्ममा स्वस्तिका मुखर्जी, पारश बन्दोपाध्याय, सब्यसाची चक्रवर्ती, परमब्रत चटर्जी र सास्वत चटर्जीले अभिनय गरेका थिए। उनले पछि ‘आश्चर्य प्रदीप’ र ‘मेघनाद बध रहस्य’ जस्ता फिल्महरू निर्देशन गरेका छन् ।

निर्देशक अनिक दत्तको अन्तिम निर्देशनमा बनेको चलचित्र ‘जातो काण्डो कोलकातातेई’ २०२५ मा दुर्गा पूजाको समयमा सिनेमाघरहरूमा रिलिज भएको थियो। यो अबीर चटर्जी, काजी नौशाबा अहमद र दुलाल लाहिरी अभिनीत एक जासूसी रहस्य थ्रिलर थियो। अनिक दत्त आफ्ना चलचित्रहरूमा सामाजिक सन्देश, सस्पेन्स र व्यंग्यको शक्तिशाली प्रयोगका लागि परिचित थिए।

 

 

Nepal life insuranceimagesimagesimages