विश्व अर्थतन्त्र पाँचौँ ‘आयल प्राइस शक’ को सामना गर्दैः बैंक अफ जापानका गभर्नर

 

बैंक अफ जापान (बीओजे) का गभर्नर काजुओ उएदाले विश्व अर्थतन्त्रले सन् १९७० को दशकयता ऊर्जाको मूल्यमा ठूलो वृद्धिको सामना गरिरहेको र हाल विश्व ‘पाँचौँ तेल मूल्य झट्का’ को अवस्थामा रहेको बताउनुभएको छ । टोकियोमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर उएदाले विभिन्न समयमा तेलको मूल्यमा हुने वृद्धिप्रति जापानको उपभोक्ता मूल्यले फरक–फरक प्रतिक्रिया जनाएको उल्लेख गर्नुभयो ।

केन्द्रिय बैंकहरूले तेलको मूल्यलाई मात्र छुट्टै रूपमा हेर्न नहुने तर्क गर्दै उहाँले ज्याला, बजारको अपेक्षा, माग र विनिमय दरका आधारमा एउटै स्तरको मूल्य वृद्धिले पनि अर्थतन्त्रमा फरक प्रभाव पार्न सक्ने स्पष्ट पार्नुभयो । जापानको विगतको अनुभवलाई उद्धृत गर्दै उहाँले तेलको मूल्यमा आउने उतारचढाव केवल मूल्य वृद्धि मात्र नभई समग्र मुद्रास्फीति प्रणालीको परीक्षण भएको बताउनु भयो ।

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य निरन्तर उच्च रहँदा तेलजन्य कच्चा पदार्थको आपूर्तिमा संकुचन आएको छ । यसले जापानको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ भने खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरू मूल्य वृद्धि गर्न बाध्य भएका छन् ।

यसैबीच, बैंक अफ जापानले आगामी जुन १५ र १६ मा मौद्रिक नीतिको समीक्षा बैठक आयोजना गर्दैछ। उक्त बैठकले हाल करिब ०.७५ प्रतिशत रहेको बेन्चमार्क ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय गर्नेछ । गत अप्रिलको बैठकमा केन्द्रीय बैंकले ब्याजदरलाई यथावत राखेको भए तापनि नीति निर्धारण समितिका नौ सदस्यमध्ये तीन जनाले मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर बढाउनुपर्ने धारणा राखेका छन् ।

 

Nepal life insuranceimagesimagesimages