

वासिंगटन डिसी, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन उत्पीडनको आरोप लगाउने लेखिका विरुद्ध अब आपराधिक अनुसन्धान सुरु गरिएको छ।

अमेरिकी न्याय विभागले पूर्व स्तम्भकार ई जीन क्यारोल विरुद्ध यो आपराधिक अनुसन्धान सुरु गरेको छ, जसको मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन उत्पीडनको लागि नागरिक रूपमा उत्तरदायी ठहराइएको थियो।

बिहिवार अवेर धेरै मिडिया रिपोर्टहरूले ट्रम्पले लामो समयदेखि न्याय विभागलाई आफ्ना विपक्षीहरू विरुद्ध कारबाही गर्न दबाब दिइरहेको बताइरहेको बेला यो समाचार बाहिरिएको हो । सीएनएन र द न्यूयोर्क टाइम्सले रिपोर्टहरू प्रकाशित गरेका छन्।

यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै उनीहरूले नयाँ अनुसन्धानको नाममा ट्रम्प विरुद्ध दायर गरेका दुई नागरिक मुद्दाहरूमा क्यारोलले झुटो बयान दिएको हो कि होइन् भन्ने कुरामा केन्द्रित रहेको बताएका छन्।
एउटा मुद्दामा लेखिका क्यारोलले आरोप लगाएकी छिन् कि ट्रम्पले १९९६ मा न्यूयोर्कको एक डिपार्टमेन्ट स्टोरमा उनलाई यौन दुर्व्यवहार गरेका थिए भने दोस्रो मुद्दामा, एक निर्णायक मण्डलले ट्रम्पलाई मानहानीको दोषी ठहर गरेको थियो ।
यो मुद्दामा ट्रम्पले कुनै पनि यौन दुर्व्यवहारलाई अस्वीकार गर्ने सार्वजनिक बयानहरू समावेश थिए। ट्रम्पले क्यारोललाई ‘उनको प्रकारको होइन्’ भनेर वर्णन गरेका थिए र आरोप लगाएका थिए कि उनले आफ्नो पुस्तक बेच्नको लागि यी सबै कथा बनाएकी थिइन्। तर पनि, अदालतले ट्रम्पलाई मानहानीको लागि क्यारोललाई ८३.३ मिलियन क्षतिपूर्ति तिर्न आदेश दियो।

सीएनएनको रिपोर्ट अनुसार न्याय विभागका अभियोजकहरूले अब २०२२ मा क्यारोलले दिएको बयान उद्धृत गरिरहेका छन्। त्यतिबेला ८२ वर्षीया क्यारोलले आफ्नो मुद्दाको लागि कुनै बाह्य आर्थिक सहयोग नपाएको बताएकी थिइन्। पछि यो कुरा बाहिर आयो कि अर्बपति रीड हफम्यानले उनको केही कानुनी शुल्क र अन्य खर्च तिरिदिएका थिए।
न्यु योर्क टाइम्सले उल्लेख गरे अनुसार संघीय अभियोजक एन्ड्रयू एस बोट्रोसले लेखिका माथी अनुसन्धान सुरु गरेका छन् । यो महत्त्वपूर्ण किन पनि छ भने ट्रम्प आफैंले उनलाई यो पदमा नियुक्त गरेका थिए। जसले ट्रम्प बिरूद्द यौन दुर्ब्याबहारको आरोप लगाउने लेखिका क्यारोल माथी अहिले अनुसन्धान सुरू गरिरहेका छन् ।
आलोचकहरूले भने ट्रम्पको न्याय विभाग लगाएर आफ्ना विपक्षीहरू विरुद्ध कारबाही गर्ने प्रयास माथि निरन्तर प्रश्न उठाउँदै आएका छन्।



