

काठमाडौं, १७ जेठ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगको उपाधि लगातार जितेको छ ।

शनिबार हङ्गेरीमा भएको फाइनल खेलमा पिएसजीले इङ्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै यो पटक पनि जीत हासिल गरेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा समेत कुनै गोल नभए पछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।


पेनाल्टीमा आर्सनलका इबेरची इजे र गाव्रिअल मागाल्हाइको प्रहार बाहिरिएको थियो । पिएसजीले पछिल्लो पटक इन्टर मिलानलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।
लुइस इन्रिकेको प्रशिक्षणमा पिएसजीले उपाधि रक्षा गरेको हो । यता, आर्सनलको भने पहिलो पटक उपाधि जित्ने सपना अधुरै रह्यो । टोली दोस्रो पटक पनि फाइनलमा चुकेको छ ।



