

चीनमा हालै सार्वजनिक गरिएको एक नयाँ ह्युमनोइड रोबोट (मानव स्वरूपको रोबोट) ले मानिससँगै ताल मिलाएर उत्कृष्ट नृत्य प्रश्तुत गरेको छ । उक्त रोबोटले आफ्नो मानव साझेदारसँग पूर्ण लय र समन्वय कायम गर्दै आकर्षक ‘ब्याले’ नृत्य प्रदर्शन गरेको हो ।

यस प्रदर्शनका क्रममा रोबोटले मानवीय चालसँग सन्तुलन मिलाउँदै अत्यन्तै जटिल र परिष्कृत नृत्य कौशलहरू प्रदर्शन गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा रोबोट र मानव नर्तकबीचको अद्भुत तालमेल देख्न सकिन्छ, जसले रोबोटिक्स प्रविधिको क्षेत्रमा भएको पछिल्लो प्रगति र मेसिनको सन्तुलन क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।



