

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो ।
गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रन बनाएका थिए भने वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले ५० रन बनाएका थिए भने निशान्त सिन्धुले २०, जोस बटलरले १९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका रासिख सलामले ३ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडले २-२ विकेट लिएका थिए ।


योसँगै बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधिको जितेको छ । फाइनल खेलको प्लेयर अफ द म्याच विराट कोहली बनेका छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिज वैभव सुर्यबंशी बनेका छन् ।


#RCB #RoyalChallengersBengaluru #IPL2026 #IPLChampion #RCBWin #CricketNews #ViratKohli #IPLFinal #SportsNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



