फलको राजा आँप विषको रुपमा बेचिँदैः नियामक निकाय मौन

 

सञ्जय मिश्रा

रौतहट, १७ जेठ ।  फलफूलमध्ये सबैभन्दा लोकप्रिय र स्वादिलो मानिने आँपलाई ‘फलको राजा’ भनिन्छ । पाकेपछि सिधै खान, जुस बनाउन वा विभिन्न परिकारसँग सेवन गर्न मिल्ने भएकाले आँपको लोकप्रियता विशेष छ । प्राकृतिक रूपमा पाकेको आँप स्वादिष्ट मात्र होइन, विभिन्न भिटामिन र पोषक तत्वको राम्रो स्रोत पनि हो।

आँपमा मुख्य रूपमा पाइने भिटामिनहरूः 

भिटामिन ए – आँखाको स्वास्थ्य, छाला र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।

भिटामिन सी – प्रतिरक्षा प्रणाली बलियो बनाउन, घाउ निको पार्न र शरीरमा आइरनको अवशोषण बढाउन मद्दत गर्छ।

भिटामिन ई – कोशिकालाई क्षतिबाट जोगाउने एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ।भिटामिन के – रगत जम्ने प्रक्रियामा सहयोग पुर्‍याउँछ।भिटामिन बी ६९पाइरिडोक्सिन० – मस्तिष्क र स्नायु प्रणालीको कार्यमा महत्वपूर्ण हुन्छ।फोलेट ९भिटामिन बी ९ ० – नयाँ कोशिका निर्माण र गर्भावस्थामा शिशुको विकासका लागि आवश्यक हुन्छ।थोरै मात्रामा भिटामिन बी १, बी २, बी ३ र बी ५ पनि पाइन्छ।

यसका साथै आँपमास्फाइबर,पोटासियम,म्याग्नेसियम,तामा , विभिन्न एन्टिअक्सिडेन्टहरू (जस्तै म्याङ्गिफेरिन र बेटा(क्यारोटिन) पनि पाइन्छन्।एउटा मध्यम आकारको आँपले दैनिक आवश्यक भिटामिन सी को ठूलो हिस्सा र भिटामिन ए को उल्लेखनीय मात्रा प्रदान गर्न सक्छ। त्यसैले मौसममा उचित मात्रामा आँप खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।तर पछिल्लो समय यही फलको राजा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण बन्दै गएको छ ।

रौतहट लगायत मधेश प्रदेशका विभिन्न बजारमा रासायनिक पदार्थ कार्बाइड प्रयोग गरेर कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिने यस्तो रसायन प्रयोग गरिएका आँपहरू चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, शिवनगरलगायतका बजार क्षेत्रमा सञ्चालित घुम्ती तथा अस्थायी पसलमार्फत बिक्री भइरहेका छन् ।

स्थानीय उपभोक्ता दिनानाथ साह कलावारका अनुसार बजारमा उपलब्ध अधिकांश बेसिजनका आँप विषादीयुक्त हुने आशंका भए पनि उपभोक्ता विकल्पको अभावमा किन्न बाध्य छन् । अर्का स्थानीय जयमङल साह सोनारका अनुसार नेपालमा स्थानीय आँप पाक्ने मुख्य समय असार महिना भए पनि जेठमै बजारमा पहेँला र पाकेका आँप छ्याप्छ्याप्ती देखिनु स्वाभाविक होइन ।

सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा काँचो आँप ल्याएर कार्बाइड प्रयोग गरी कृत्रिम रूपमा पकाइने र त्यसपछि नेपाली बजारमा बिक्री गरिने गरेको स्थानीयको दाबी छ । खुला सीमाको फाइदा उठाउँदै केही व्यापारीले बढी नाफाको लोभमा जनस्वास्थ्यलाई जोखिममा पारिरहेको आरोप पनि उनीहरूको छ ।

अनुगमन कमजोर, उपभोक्ता असुरक्षित

बजारमा यस्ता फलफूलको बिक्री बढ्दासमेत जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा उपभोक्ता संरक्षणसँग सम्बन्धित निकायहरूको प्रभावकारी अनुगमन नदेखिएको गुनासो बढ्दै गएको छ । नागरिक समाजका अगुवाहरूका अनुसार नियमित बजार अनुगमन र कारबाही नहुँदा व्यापारीहरू झन् हौसिएका छन् ।

स्वास्थ्यमा गम्भीर असरको चेतावनी

चन्द्रपुर अस्पतालका प्रमुख डा. सुभाष चौधरीका अनुसार कार्बाइड वा अन्य हानिकारक रसायन प्रयोग गरेर पकाइएका फलफूल सेवन गर्दा तत्काल र दीर्घकालीन दुवै प्रकारका स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

उनले यस्ता फलफूलले पाचन प्रणालीमा असर पार्नुका साथै कलेजो, मिर्गौला तथा अन्य महत्वपूर्ण अंगमा समेत नकारात्मक प्रभाव पार्न सक्ने बताए । “सम्भव भएसम्म प्राकृतिक रूपमा पाकेका फलफूल मात्र सेवन गर्नु स्वास्थ्यका लागि सुरक्षित हुन्छ,” उनले भने ।

समस्या केवल आँपको होइन

रौतहटका बजारमा देखिएको कार्बाइडयुक्त आँपको समस्या केवल एक फलसँग मात्र सम्बन्धित छैन । यो उपभोक्ता स्वास्थ्य, बजार अनुगमन र खाद्य सुरक्षासँग जोडिएको गम्भीर विषय हो । समयमै प्रभावकारी अनुगमन, परीक्षण र कारबाही हुन नसके फलको राजा भनेर चिनिने आँप नै उपभोक्ताका लागि विष सावित हुने खतरा बढ्दै जाने देखिन्छ ।
#Mango #FoodSafety #HealthyFood #ConsumerAwareness #FoodQuality #PublicHealth #AgricultureNews #NepalNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु