

तेहरान, १९ जेठ । अमेरिकाले इरानको गोरुक र केश्म टापुहरूमा रहेका राडार र ड्रोन नियन्त्रण स्थलहरूलाई लक्षित गरेको बताएको छ।
अमेरिकाका अनुसार सो हमला आत्मरक्षाका लागि आक्रमण गरिएको थियो। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानको आक्रामक गतिविधिहरूको प्रतिक्रियामा यो कारबाही भएको बताएको छ।

अमेरिकाले इरानले आइतबार अन्तर्राष्ट्रिय पानी सीमामा अमेरिकी एम क्युवान ड्रोन खसालेको आरोप लगाएको थियो, जसको जवाफी आक्रमण गरेको उसको भनाइ छ ।
सेन्टकमका अनुसार अमेरिकी सेनाले इरानी वायु रक्षा प्रणाली, एउटा जमिन नियन्त्रण स्टेशन र दुई ड्रोनहरू ध्वस्त पारेको छ । अमेरिकाको दाबी छ कि यसले क्षेत्रीय जलमार्गहरूमा यात्रा गर्ने जहाजहरूलाई प्रत्यक्ष खतरा निम्त्याउँदै थियो, जो निशानामा परेका छन् ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले सिरिक टापु नजिकै अमेरिकी कारबाहीमा प्रयोग हुने एयरबेसलाई निशाना बनाएको दाबी गरेको छ।
आईआरजीसीले सिरिक टापुमा रहेको टेलिकम टावरमा अमेरिकी आक्रमणको बदला लिन यो आक्रमण गरिएको बताएको छ। यद्यपि इरानले एयरबेसको स्थान खुलासा गरेको छैन।



