सूर्य चौहान हत्या प्रकरणमा नयाँ खुलासाः बाबुको उक्साहटमा असदले आक्रमण गरेको आरोप

 

सञ्जय मिश्रा

 उत्तर प्रदेश, १९ जेठ। भारत उत्तर प्रदेशको खोडा क्षेत्रमा किशोर सूर्य प्रताप चौहानको हत्या प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी असदका पिता नवाबले नै छोरालाई सूर्य चौहानमाथि चक्कु प्रहार गर्न उक्साएको खुलासा भएको छ।

प्रहरीका अनुसार गत मे २८ मा सूर्य चौहानमाथि भएको आक्रमण सम्बन्धमा उनका दाजुले खोडा प्रहरी थानामा उजुरी दिएका थिए। उजुरीमा असदले सूर्य चौहानको पेटमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको उल्लेख गरिएको थियो। उपचारका क्रममा नोएडास्थित अस्पतालमा सूर्य चौहानको मृत्यु भएको थियो।

images

images

घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै तीन जनालाई पक्राउ गरी सोधपुछ गरेको थियो। सो क्रममा असदका पिता नवाबले छोरालाई “कहानी नै समाप्त गरिदे” भन्दै आक्रमणका लागि उक्साएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

images

सुरुमा खोडा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५२ र १०९९१० अन्तर्गत मुद्दा दर्ता गरेको थियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी टोली गठन गरी सीसीटीभी फुटेज तथा अन्य सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानपछि असद, उनका पिता नवाब, फरहान, आतिफ, सारिक मेवाती तथा अन्य अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Nepal life insurance

मे ३० मा उपचारकै क्रममा सूर्य प्रताप चौहानको मृत्यु भएपछि प्रहरीले बीएनएसको धारा १०९९१० हटाएर हत्या सम्बन्धी धारा १०३९१० थप गरेको थियो।

यसैबीच, मे ३१ मा खोडा प्रहरी टोलीले मुखबिरबाट प्राप्त सूचनाका आधारमा थप कारबाही अगाडि बढाएको जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको बताएको छ। मुस्लिमहरूको पर्व कुर्बानी ९ बकरिद० को अवसरमा असदले चौहान लाई भोज खान भनी आफ्नो घरमा बोलाएर खसी काटने धारिलो हतियार पेटमा प्रहार गरी हत्या गरेर फरार भएको थियो। घटनाको तेस्रो दिन असद प्रहरी इन्काउन्टरमा मारिएका थिए। मृतक चौहानको आमाले खुन को बदला खुन भन्दै आरोपी सबैलाई मार्नु पर्ने माग गर्दै आएकी छिन्।
Nepal life insuranceimagesimagesimages