सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखि खुल्ने, सर्वसाधारणले १० कित्तादेखि आवेदन दिन सक्ने

 

काठमाडौं, १९ जेठ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।

यस निष्काशनबाट कम्पनीले ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म थप गरिनेछ।

images

images

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीको आईपीओ खुल्ने मिति नजिकिएसँगै प्राथमिक बजारका लगानीकर्ताबीच यसप्रति चासो बढ्न थालेको छ।
Nepal life insuranceimagesimagesimages

images