रवि–मोदी भेटवार्ता हुँदै, नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक छलफल हुने

 

नयाँदिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।

लामिछाने सोमबारदेखि नयाँदिल्लीमा जारी औपचारिक भ्रमणका क्रममा रहेका छन्। यसअघि उनले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन, विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।

भ्रमणका क्रममा भएको भेटघाटलाई राजनीतिक दल–स्तरीय सम्बन्ध विस्तार र नेपाल–भारतबीचको कूटनीतिक तथा संस्थागत सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

images

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

images

images

भ्रमण कार्यक्रम जेठ २२ गतेसम्म रहनेछ भने यस अवधिमा अयोध्या भ्रमणसमेत तय गरिएको जनाइएको छ।

भेटवार्ता नयाँदिल्लीस्थित नेपाली दूतावासको समन्वयमा हुँदैछ।

Nepal life insurance


#RaviLamichhane #NarendraModi #IndiaVisit #RSP #NepalIndiaRelations #PoliticalNews #NewDelhi #BreakingNews #InternationalNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages