२७ वर्षको प्रतीक्षापछि प्रदेश राजधानी जोड्ने गच्छे–भालुवाङ सडकमा कालोपत्र सुरु, अर्घाखाँचीको विकास र समृद्धिको नयाँ ढोका खुल्दै (तस्बिर सहित)

 

२७ वर्षको प्रतीक्षापछि गच्छे–भालुवाङ सडकमा कालोपत्र, अर्घाखाँचीको विकास यात्रामा नयाँ अध्याय

 

-अर्घाखाँची डटकम सम्बाददाता।

अर्घाखाँची । लुम्बिनी प्रदेशको राजधानी देउखुरीसँग अर्घाखाँचीलाई छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको गच्छे–भालुवाङ सडकमा २७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ। लामो समयदेखि बजेट अभावका कारण अलपत्रजस्तै बनेको सडकमा अहिले निर्माण कम्पनीले तीव्र गतिमा कालोपत्र गरिरहेको छ।

May be an image of road and fogimages

सन्धिखर्कस्थित गच्छेदेखि ढिकुराको गैरागोठ सम्म करिब ४ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको छ। पहिलो चरणमा १५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।

May be an image of road

२०५६ सालमा तत्कालीन जिल्ला विकास समितिको पहलमा सुरु गरिएको यो सडक अर्घाखाँचीको दक्षिणी भेगलाई दाङको भालुवाङ बजारसँग जोड्ने उद्देश्यले निर्माण थालिएको थियो। तर बजेट अभाव, भौगोलिक जटिलता तथा प्राथमिकताको कमीका कारण सडक निर्माणले अपेक्षित गति लिन सकेको थिएन।

May be an image of fog and road

सडक कालोपत्र भएपछि अर्घाखाँची, गुल्मी र पाल्पाबाट लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुग्ने दूरी उल्लेखनीय रूपमा छोटिनेछ। हाल सन्धिखर्क–गोरुसिङ्गे–भालुवाङ हुँदै करिब १२४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था रहेकोमा गच्छे–भालुवाङ सडक पूर्ण सञ्चालनमा आएपछि दूरी झण्डै आधाभन्दा कम हुने अपेक्षा गरिएको छ।

May be an image of tree, fog and mountain

स्थानीयवासीका अनुसार सडक सञ्चालनमा आएपछि धनचौर, जलुके, जुकेना, सिद्धारा लगायतका ग्रामीण बस्तीमा उत्पादन हुने खसीबोका, कुखुरा, तरकारी, दूध र अण्डाले सहज रूपमा बजार पाउनेछन्। यसले कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

May be an image of mountain, fog, tree and horizon

प्रदेश सांसद रामजीप्रसाद घिमिरेले गच्छे–भालुवाङ सडक अर्घाखाँची, गुल्मी र पाल्पालाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण जीवनरेखा भएको बताउँदै यसको निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढाइने बताएका छन्।

May be an image of road and fog

स्थानीयहरू भने दशकौंको प्रतीक्षापछि सडकमा कालोपत्र सुरु भएपछि उत्साहित बनेका छन्। उनीहरूका अनुसार यो सडक केवल यातायातको माध्यम मात्र नभई अर्घाखाँचीको आर्थिक तथा सामाजिक विकासको नयाँ ढोका बन्नेछ।

 

#गच्छेभालुवाङसडक #अर्घाखाँची #सडकविकास #देउखुरी #लुम्बिनीप्रदेश #पूर्वाधारविकास #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

May be an image of fog and road

May be an image of road and fog

May be an image of fog and road

 

 

Nepal life insuranceimagesimagesimages