साफ महिला च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश खेल्ने

 

काठमाडौँ । भारत साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा भारतले भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले फाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । फाइनल खेल शुक्रबार हुने छ ।

नेपाल भने बुधबार नै भएको सेमिफाइनल खेलमा बंगलादेशसँग २-१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

 

Nepal life insuranceimagesimagesimages