आमिर खानले तेस्रो पटक बिबाह गर्दै, प्रेमिका गौरी हुनेछिन नयाँ दुलही

 

मुम्बई, २२ जेठ । बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्राट चाँडै नै विवाह बन्धनमा बाँधिने तयारीमा छन्।  हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार यो जोडीले यस वर्ष जुलाई ५ मा एक निजी समारोहमा विवाह गर्नेछन्। तर, यो बिबाह कुनै भव्य समारोह वा स्वागत समारोह हुने छैन।

दुवैले एउटा सानो हस्ताक्षर समारोह मार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउने छन्। आमिर खानले २०२५ मा आफ्नो ६० औं जन्मदिनमा मिडियालाई गौरीसँगको आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । यो आमिर खानको तेस्रो विवाह हुनेछ।

आमिरले पहिलो विवाह १९८६ मा फिल्म निर्माता रीना दत्तासँग गरेका थिए। सन २००२ मा रीनासँग अलग भएपछि आमिरले २००५ मा निर्देशक किरण रावसँग विवाह गरे। किरण र आमिरले २०२१ मा सम्बन्ध विच्छेद गरिसकेका छन् ।

मिडिया रिपोर्टका अनुसार आमिर र गौरी एक वर्षभन्दा बढी समयदेखि लिभ–इन–पार्टनरको रूपमा सँगै बस्दै आएका छन्। स्रोतहरूले उनीहरू सँगै खुसी र स्थिर जीवन बिताइरहेका संकेत गरेको छ ।

अब, उनीहरूले आफ्नो परिवारको उपस्थितिमा आफ्नो सम्बन्धलाई कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेका छन्। जोडीको विवाह एक निजी मामिला हुनेछ, जसमा उनीहरूका परिवार र धेरै नजिकका साथीहरू मात्र उपस्थित हुनेछन्।

images

 

Nepal life insuranceimagesimagesimages

images