रामचरणले लिएका थिए पेड्डीका लागि १०० करोड पारिश्रमिक

 

हैदारावाद, २२ जेठ ।  राम चरण तेजा र जान्हवी कपूरको फिल्म पेड्डीलाई लिएर फ्यानहरूमाझ निकै उत्साह छ। यो फिल्म जुन ४ मा सिनेमाघरहरूमा रिलिज भएको थियो।

जान्हवी कपूर अभिनित यस स्पोर्ट्स ड्रामामा राम चरणले मुख्य भूमिका निर्वाह गरेका छन्। पेड्डीका गीत र नृत्यहरूले चर्चा बटुलिरहेका छन्। यसैबीच, सबैभन्दा बढी चर्चा हुने विषय फिल्मका कलाकारहरूको पारिश्रमिक हो । यीमध्ये सबैभन्दा अचम्मको कुरा राम चरण तेजाको पारिश्रमिक हो, जुन लगभग १०० करोड रुपैयाँ रहेको बताइएको छ जबकी अरूको पारिश्रमिक नजिक पनि आउँदैन।

अंग्रेजी वेबसाइट न्युज २४ को रिपोर्ट अनुसार राम चरण यस फिल्मका लागि सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन्। उनले भारतीय १०० करोडलिएको बताइएको छ। यद्यपी निर्माताहरूले अहिलेसम्म यो रकम पुष्टि गरेका छैनन्।

फिल्मका निर्देशक बुच्ची बाबु सानाले पनि यस परियोजनाको लागि उल्लेखनीय रकम लिएका थिए। न्युज २४ को रिपोर्ट अनुसार उनले ३० करोडलिए। यो फिल्मको कथा र दृश्य दुवैमा विशेष ध्यान दिएर भव्य स्तरमा निर्माण गरिएको छ।

फिल्ममा जान्हवी कपूरले मुख्य भूमिका निर्वाह गरेकी छिन्। न्यूज २४ का अनुसार उनले फिल्मको लागि ६ करोड लिएकी छिन्, जुन उनको सबैभन्दा ठूलो तेलुगु फिल्महरू मध्ये एक हो।

दिव्येन्दु शर्माको शुल्क ७ करोड अनुमान गरिएको छ। दिव्येन्दु शर्मा मिर्जापुर वेब सिरिजका लागि फ्यानहरू माझ परिचित छन्। रोचक कुरा के छ भने, उनको पारिश्रमिक जान्हवी कपूरको भन्दा पनि बढी रहेको बताइएको छ।

दक्षिण भारतीय अभिनेता जगपति बाबुले फिल्मको लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। बोमन इरानीले मात्र ३ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। हाल, फिल्मका निर्माताहरूले आ–आफ्नो पारिश्रमिकको बारेमा कुनै टिप्पणी गरेका छैनन्। यद्यपि, यो स्पष्ट छ कि सम्पूर्ण कलाकारहरूको संयुक्त पारिश्रमिक पनि राम चरणको भन्दा कम छ।

 

Nepal life insuranceimagesimagesimages