विश्व वातावरण दिवस: एग्रोफरेस्ट्री बहुप्राविधिक शिक्षालयमा वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक र्‍यालीसहित विविध कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

अर्घाखाँची । विश्व वातावरण दिवस २०२६ को अवसरमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मथुरास्थित एग्रोफरेस्ट्री बहुप्राविधिक शिक्षालयमा वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक र्‍यालीसहित विविध कार्यक्रम सम्पन्न गरिएको छ। “प्रकृतिबाट प्रेरित, जलवायुप्रति समर्पित, भविष्यका लागि प्रतिबद्ध” भन्ने नाराका साथ आयोजित कार्यक्रमले वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Nepal life insurance

शिक्षालयको ECO Club AFPI र शिक्षालय प्रशासनको संयुक्त समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थी, प्रशिक्षार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत वातावरण संरक्षणसम्बन्धी सन्देश बोकेका प्लेकार्डसहित जनचेतनामूलक र्‍याली प्रदर्शन गरिएको थियो। साथै शिक्षालय परिसर तथा आसपासका क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ राख्नुपर्ने सन्देश दिइएको थियो।

May be a doodle of text that says "ਹਿे Foj .랑 မသိုန मटेव मलिशडमक डत्रक एय्रोफरेट्री छत्रदेव-४, मथुरा, बहुप्राविधिक अर्घाखाँची शिक्षालय 에여당 मা ま মপুহष AEY ECO CLUB प्रकृति संरक्षण, हाम्रो जिम्मेवारी REUSE ECO REDUCE RECYCLE You can donate: e Contact us: मिती: मिती:२०८३// / २०८३/ f"

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष वृक्षारोपण रहेको थियो। शिक्षालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर हरियाली विस्तार तथा वातावरणीय सन्तुलन कायम गर्न योगदान पुर्‍याउने प्रयास गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले वृक्षारोपण केवल एक दिनको कार्यक्रम नभई भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्ने दीर्घकालीन अभियान भएको बताएका थिए।

May be an image of tree

कार्यक्रममा शिक्षालय प्रमुख वसन्तकुमार टण्डन ले वातावरण संरक्षण अहिलेको विश्वव्यापी आवश्यकता भएको उल्लेख गर्दै प्राकृतिक स्रोतहरूको संरक्षण, हरियाली विस्तार र वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा युवा पुस्ताले वातावरण संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

May be an image of one or more people, tree and text

त्यसैगरी ECO Club AFPI का संरक्षक शिक्षक बरुण रानाभाट ले वातावरणीय सचेतना केवल भाषण र नारामा सीमित नभई व्यवहारमा लागू हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई वातावरण संरक्षणका गतिविधिमा सक्रिय रूपमा सहभागी हुन प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

May be an image of climbing and tree

क्लबकी अध्यक्ष कविता थापा मगर ले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै साना–साना प्रयासहरूले पनि ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो। उहाँले हरित र स्वच्छ वातावरण निर्माणका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

No photo description available.

कार्यक्रममा शिक्षालयका सम्पूर्ण कर्मचारी, प्रशिक्षार्थी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तन, वन विनाश, प्रदूषण तथा वातावरणीय असन्तुलनका चुनौतीहरूबारे सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरेका थिए।

May be an image of tree

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जिम्मेवारीबोध बढाउनुका साथै समुदायमा हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण निर्माणका लागि प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ।

#विश्ववातावरणदिवस #EnvironmentDay2026 #AgroforestryPolytechnic #EcoClubAFPI #छत्रदेव #मथुरा #अर्घाखाँची #वृक्षारोपण #सरसफाइअभियान #जलवायुपरिवर्तन #हरितभविष्य #ArghakhanchiCom #ArghakhanchiComHD #ArghakhanchiDotCom

 

 

Nepal life insuranceimagesimagesimages