आजको मौसमः लुम्बिनीसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा गर्मी कायम

 

काठमाडौँ, जेठ २३ जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

images

#मौसमसमाचार #आजकोमौसम #WeatherUpdate #नेपालमौसम #वर्षा #मेघगर्जन #चट्याङ #लुम्बिनी #WeatherNepal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images

 

 

images

Nepal life insuranceimagesimagesimages