१२३ देशसँग व्यापार घाटामा नेपाल, १० महिनामै घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

 

काठमाडौं चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा गम्भीर असन्तुलन देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार नेपालले १२३ मुलुकसँग व्यापार घाटा व्यहोरेको छ भने केवल ३४ मुलुकसँग मात्र व्यापार नाफा गर्न सफल भएको छ।

समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। कुल निर्यात २ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित रहँदा आयात भने अत्यधिक उच्च रहेको तथ्यांकले देखाएको छ।

नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग ७ खर्ब ६९ अर्ब ९२ करोड रुपैयाँ व्यहोरेको छ। त्यसपछि चीनसँग ३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ। अर्जेन्टिना, यूएई, इन्डोनेसिया, थाइल्याण्ड र ब्राजिलसँग पनि उल्लेख्य व्यापार घाटा देखिएको छ।

व्यापार नाफा भएका मुलुकमध्ये डेनमार्क अग्रस्थानमा रहेको छ। यद्यपि नाफा भएका अधिकांश देशसँगको व्यापारको आकार निकै सानो रहेको विभागले जनाएको छ।

निर्याततर्फ सोयाबिन तेल सबैभन्दा ठूलो वस्तु बनेको छ, जसको निर्यात मूल्य १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। आयाततर्फ भने डिजेल सबैभन्दा बढी आयात हुने वस्तु बनेको छ, जसको मूल्य १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी छ।

images

तथ्यांकले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको र निर्यात विस्तार तथा उत्पादन वृद्धि चुनौतीकै रूपमा रहेको संकेत गरेको छ।

images

#व्यापारघाटा #नेपालअर्थतन्त्र #वैदेशिकव्यापार #TradeDeficit #ImportExport #नेपालसमाचार #आर्थिकअपडेट #भन्सारविभाग #BusinessNews #EconomicNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

images

Nepal life insuranceimagesimagesimages