फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो

इण्डोनेसिया को मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीले सोमवार सुनामीको चेतावनी फिर्ता लिएको जनाएको छ । यसअघि फिलिपिन्स को दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै इण्डोनेसियाको उत्तरी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

 

जारी विज्ञप्तिअनुसार समुन्द्री सतहको अवस्था सामान्य अवस्थामा फर्किएको पुष्टि भएपछि सुनामी चेतावनी समाप्त गरिएको हो । एजेन्सीकाअनुसार सोमबार बिहान इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रका केही निगरानी केन्द्रहरूमा साना सुनामी छालहरू रेकर्ड गरिएका थिए । यद्यपि ती छालहरूले ठूलो क्षति पु¥याएको विवरण प्राप्त भएको छैन ।

.स्थानीय सञ्चारमाध्यमहरूका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण इन्डोनेसियाको उत्तरपूर्वी तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको थियो । इण्डोनेसिया र फिलिपिन्स दुवै देश प्रशान्त महासागर वरिपरि रहेको प्यासिफिक रिङ अफ दि फायर क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प तथा ज्वालामुखी गतिविधि हुने गर्छ ।