संसदको गतिरोध खुलाउन हर्क साम्पाङको मध्यमार्गी प्रस्ताव

काठमाडौं । संसदको गतिरोध खुलाउन श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मध्यमार्गी प्रस्ताव अगाडी सारेका छन् ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङले संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीको लिखत वक्तव्य समेत समावेश गरी आगामी दिनहरुमा यस्ता नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र प्रतिनिधिसभाका सांसदहरु कोही कसैले यस्ता राष्ट्रघाती र तथ्यहिन अभिव्यक्ति कहिकतै नदिने, दिन नपाउने, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता प्रतिपक्ष नभनि देशको पक्षमा एकतावद्ध बन्नु पर्ने संकल्प प्रस्ताव अघि सारेका हुन् ।

उनले सभामुखलाई संकल्प प्रस्ताव पेस गर्दै यसलाई पारित गर्दै संसदमा परेको गाँठो फुकाउनु पर्ने प्रस्ताव गरेका थिए । विपक्षीको लगातारको अवरोधपछि आजको बैठक पनि स्थगित भएको छ ।