आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर: अस्ट्रेलियन डलरको मूल्यमा निरन्तर गिरावट, युरो, पाउन्ड र दिनार पनि सस्तिए

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो यी सबै मुद्राको भाउ बढेको थियो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा थियो।

 

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।  त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा थियो।

विगत केही दिनदेखि अस्ट्रेलियन डलरको विनिमयदर निरन्तर घट्दै आएको छ।  त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा थियो।

images

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

images

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Nepal life insurance