काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको मृत्यु, १५ घाइते (तस्बिर सहित )

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा जेठ २९ गते यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाईते भएका १५ जनालाई उद्धार गरिएको छ भने ८ जनाको घटनास्थलमा मुत्यु भएको छ ।

बनेपाबाट रोशीको खाड्पाचोक जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करीव ३ सय मिटर तल खसेको थियो ।

सो दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो ।

Single Image

उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

Single Image

Single Image

Single Image